दोधारा चाँदनीको सुन्दरनगरमा एमाले उम्मेदवार पालले भनिन्– चुनाव जित्छौ, अरु दल जस्तो जाली कुरा गर्न जरुरी छैन

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार निरुदेवी पालले चुनाव जित्ने दावी गर्दै जाली कुरा गर्न जरुरी नभएको बताइन् । दोधारा चाँदनी नगरपालिका ८ सुन्दरनगरमा गरिएको कार्यक्रममा उनले मतदाताको घर आँगनमा पुग्दा पाएको मायाले आफूलाई जिते सरह लागेको बताइन् ।

Mishra

उनले जनताको घर दैलोमा जाँदा पाँच वर्षको स्थायी सरकार एमालेले बनाउने र देशको मुहार फेर्ने एक मात्र एजेण्डा लिएर गएको बताईन् । ‘अरु दल जस्तो जाली कुरा गर्न हामीलाई जरुरी छैन,’ उनले भनिन्, ‘मतदाताको घरमा जाँदा वहाँरुले देखाएको सहभागिता र सहानुभूति देख्दा मैले जिते सरह भएको छ ।’

deepaj

उनले दोधारा चाँदनी नगरपालिकाको समग्र विकासका लागि दर्जनौं योजना अघि बढाएको भन्दै यस पटकको निर्वाचनमा देशभरी नेकपा एमालेले बहुमतले चुनाव जित्ने पनि दाबी गरिन् ।

‘मैले जनताबाट अपार माया पाएको छु,, हामी विकासमा अहोरात्र खटिने पार्टीका सिपाही हौं,’ उनले भनिन्, ‘मैले दोधारा चाँदनी नगरपालिकामा परेको पीडामा सांसदमा बारम्बार बोलेको छु ।’

सम्बन्धित
Loading...