
शुक्लाफाँटा निकुञ्जका वन्यजन्तु पीडित वासिन्दालाई राहत र क्षतिपूर्तिका लागि कोष बनाउने एमाले उम्मेदवार विष्टको प्रतिवद्धता

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्यका एमाले उम्मेदवार सुरेन्द्र विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका जनावरबाट पीडित वासिन्दालाई राहत र क्षतिपूर्तिका लागि कोष स्थापना गर्ने प्रतिवद्धता गरेका छन् । भीमदत्त नगरपालिका १४ मा गरिएको चुनावी कार्यक्रममा उनले निकुञ्ज किनारका वस्तीका वासिन्दा र जनावरबीच द्वन्द्व नयूनीकरण हुनु पर्नेमा जोड दिए ।
‘यहाँ बेला–बेला निकुञ्जका वन्यजन्तुहरुले क्षति पु¥याएको देखिन्छ तर पीडितले समयमै उचित राहत पाउने अवस्था छैन’ उनले भने, ‘यसका लागि बलियो कानुन आवश्यक छ, कानुन सम्मत छुट्टै राहत कोष स्थापना हुनुपर्छ, म निर्वाचित भए यो काम गर्ने प्रतिवद्धता व्यत्त गर्दछु ।’

उनले पीडित वासिन्दालाई राहत र क्षतिपूर्ति दिन प्रभावकारी कानुन सहित कोष बनाउनु पर्नेमा जोड दिए । उनले निकुञ्जलाई संरक्षणसँग आयमुलक तर्फ पनि जोड्नु पर्ने उल्लेख गर्र्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न निकुञ्ज किनारमा शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरिएको उल्लेख गरे ।
भीमदत्तका नगरपालिकाका निवर्तमान मेयर उनले आफ्नो कार्यकालमा शुक्लाफाँटालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटन मार्ग अन्य पूर्वाधार निर्माण, प्रचारप्रसारका लागि पर्यटक महोत्सव आयोजना, होम स्टे प्रवन्र्धन लगायतका कामहरु गरेका छन् ।
