डडेल्धुरामा सागर ढकाललाई चुनाव प्रचार गर्न दिन आयोगको निर्देशन

महेन्द्रनगर । निर्वाचन आयोगले मंरिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

डडेल्धुरा लगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने काममा अवरोध भएको भन्ने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

janjyoti campus

डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारमा बाधा पुर्याइएको भन्दै सोमबार सामाजिक सञ्जालमा गुनासो गरेका थिए ।

आयोगले स्वतन्त्रतापूर्वक चुनाव प्रचार गर्न तथा चुनाव खटिएकालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुने उपयुक्त वातावरण तयार गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नेपाल सरकार, गृह मन्त्रालयमार्फत निर्देशन दिएको छ ।

ghar sansar
सम्बन्धित
Loading...