ghar sansar

एमाले उम्मेदवार पाल भन्छिन्–दोधारा चाँदनीलाई नमूना सहर बनाउँछौ

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार निरुदेवी पालले दोधारा चाँदनीलाई नमूना सहर बनाउने प्रतिवद्धता गरेकी छन् । दोधारा चाँदनी नगरपालिका ७ कञ्जनभोजस्थित आयोजना गरिएको कार्यक्रममा उनले चुनावी वाचा अनुसार आफू सधैं जनताको सेवामा सक्रिय हुने बताइन् ।

‘यो दोधारा चाँदनीलाई नमूना नयाँ सहर बनाउँछौ, सडक, बाटोघाटो, पुल पुलेसा, तटबन्धन निर्माणका काम गर्छौ, योजना सहित विकास निर्माणका काम अघि बढाउँछौ’ उनले भनिन्,‘पहिला अवसर दिनु होस, म जनताको सेवा गर्न सधैं तयार छु ।’

dirghayi clinic

उम्मेदवार पालले आफू जितेर गएपछि जनतालाई बिर्सने काम नहुने बताइन् । ‘म तपाईहरुको चेली हो, मलाई अवसर दिनु हुन्छ भन्नेमा विश्वस्त छु’ उनले भनिन्,‘जितेर गएपछि मैले तपाईलाई बिर्सने काम हुने छैन ।’

कार्यक्रममा पाल सहित एमालेका प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्ट, एमाले नेता हिरालाल थापा लगायतले मन्तव्य राखे ।

एमालेका प्रतिनधि सभा सदस्यका उम्मेदवार पाल यस अघि २०६५ मा तत्कालिन निर्वाचन क्षेत्र नं. ४ बाट संविधान सभा सदस्य उप निर्वाचन लडेकी थिइन् । एमालेको पोलिटब्युरो सदस्य पाल एमाले कञ्चनपुरका इन्चार्ज छन् ।

Himal dental
सम्बन्धित
Loading...