ghar sansar

एमालेका सुदूरपश्चिम इन्चार्ज भन्छन् – संघमा १० र प्रदेशमा ३० सिट जित्छौ

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले आगामी निर्वाचनमा सुदूरपश्चिममा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन् । भट्टले आगामी निर्वाचनमा एमालेले सुदूरपश्चिममा प्रतिनिधिसभाका १० र प्रदेश सभाका ३० सिट जित्ने दाबी गरेका हुन् ।

dirghayi clinic

बुधबार धनगढीमा एमालेको प्रदेशको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नेता भटट्ले आगामी निर्वाचन वर्ग संघर्षको अर्को रूपमा लिएर चुनावमा होमिएको बताउँदै सुदूरपश्चिममा बढीभन्दा बढी ठाउँमा जित्ने बताए ।

,orning glory badhai

‘हामीले पूरा जित्ने लक्ष्य राख्छौँ तर हाम्रो सम्भाव्यता के देखिन्छ भने प्रतिनिधिसभामा १० र प्रदेशसभामा बहुमत ३० सम्म ल्याउँछौँ भन्ने हाम्रो लक्ष्य छ’, भट्टले भने, ‘भोलि हाम्रो बहुमत आएन भने गठबन्धन भएमा त्यसले निम्त्याउने अस्थिरता यहाँको विकासमा अवरोध पुगाउने देखिन्छ। जनताको आकर्षण पनि एमालेतिर देखेको छु।’

सुदूरपश्चिममा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र रहेका छन् । यहाँ नेकपा एमालेले एक्लै चुनावी मैदानमा उत्रिएका बेला सत्तारुढ गठबन्धनले चुनौती दिएको छ। प्रदेश सरकारको दुई तिहाइ बहुमतले तोकेको राजधानीका संरचना निर्माणको काम पनि एमाले नेतृत्वकै बहुमतको सरकारले अघि बढाउने उनको भनाइ थियो ।

Himal dental
सम्बन्धित
Loading...