ghar sansar

एमाले उम्मेदवार धामी बनाए चुनावी प्रचार तीव्र, पूर्व उप सभामुख जोशी पनि खटिए प्रचारमा

dirghayu ad

महेन्द्रनगर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रचारप्रसार कार्य तीव्र पारिएको छ । कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार नर बहादुर धामीले टोल भेला र घरदैलोलाई तिव्रता दिएका छन् ।

धामीलाई निर्वाचित गराउन आग्रह गर्दै नेकपा एमाले कञ्चनपुरका संस्थापक नेता तथा प्रथम जिल्ला अधिवेशनका सचिव भोजराज जोशी प्रचारप्रसारका लागि शुक्लाफाँटा नगरपालिकासम्म पुगेका छन् ।

ratnam malkhad

एमाले नेता जोशीले शुक्लाफाँटा नगरपालिकाको झलारी, सिमलफाँटा, जुडा, पिताम्बर र पारीफाँटा क्षेत्रमा पुगेर एमाले उम्मेदवार धामीका लागि भोट मागेका छन् । पार्टी विस्तारका क्रममा आफूले झलारी क्षेत्रमा समेत काम गरेको स्मरण गराउँदै नेता जोशीले एमाले उम्मेदवारलाई विजयी गराएर समृद्धिको अभियानलाई सार्थक पार्न आग्रह गरेका छन् ।

उमेरले ६७ वर्ष पुगेका जोशी विभिन्न क्षेत्रमा पुगेर वृद्धवृद्धालाई भेटी भोट मागिरहेका छन् । जोशी हाल केन्द्रीय सल्लाहकार परिषद्का सदस्य छन् ।

Himal dental
सम्बन्धित
Loading...