ghar sansar

भीमदत्तको मेयर हुँदा महेन्द्रनगरमा प्राविधिक शिक्षालय खोलेका सुरेन्द्र विष्टले दोधारा चाँदनीमा पनि शिक्षालय चलाउने एजेण्डा पुगाए मतदातासम्म

पप्पु गुरुङ्ग
दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्टले दोधारा चाँदनी नगरपालिकामा प्राविधिक शिक्षालय सञ्चालन गर्ने चुनावी एजेण्डा मतदातासम्म पुगाएका छन् । एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल सहित उनी चुनावी प्रतिवद्धता बोकेर मतदाताको घरदैलोमा मत माग्न व्यस्त भएका छन् ।

भीमदत्त नगरपालिकाका निवर्तमान मेयर विष्टले पाँच वर्षे कार्यकालमा महेन्द्रनगरमा महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालन गरेका थिए । दोधारा चाँदनीमा पनि पं्राविधिक जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षालय सञ्चालन गर्ने एजेण्डा अघि सारेका हुन् ।

lotus institite

‘भीमदत्तको मेयर हुँदा महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालन गरेका छौ, अब दोधारा चाँदनीमा यहाँ युवा युवतीले घरमै बसेर प्राविधिक शिक्षा हासिल गर्न पाउनु पर्छ, त्यसका लागि म प्राविधिक शिक्षालय खोल्छु’ उनले भने ।

सरकारी लगानीमा प्राविधिक शिक्षालय सञ्चालन भएपछि कमजोर आर्थिक अवस्था भएका विद्यार्थीले पनि सरकारी शुल्कमा प्राविधिक शिक्षा हासिल गर्न सक्ने उनले बताए ।

daimond public

प्रदेश सभा सदस्यका उम्मेदवार उनले भानु बहमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने प्रतिवद्धता पनि गरेका छन् । विष्टले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना आन्दोलनको नेतृत्व गरेका छन् । उनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना संघर्ष समितिका सह संयोजक भएर आन्दोलन नेतृत्व गरेका थिए ।

पाँच वार्ष अघि २०७४ मा स्थानीय तह निर्वाचनबाट उनी भीमदत्त नगरपालिकाको मेयर निर्वाचित भएका थिए । पाँच वर्षमा गरिएका प्रमुख २२ उपलब्धिलाई उनले मतदातासम्म पुगाएर जानकारी गराएका छन् । त्यसमा महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालन पनि समावेश गरिएको छ ।

पाँच वर्ष अघि स्थानीय तह निर्वाचनमा विष्टले प्राविधिक शिक्षालय गर्ने वाचा गरेका थिए । त्यस अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटिईभिटीई ) सित सम्बन्धन लिएर उनले प्राविधिक शिक्षालय सञ्चालन गरेका हुन् ।
शिक्षालयमा डिप्लोमा तहका प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गरिएका छन् । पहिलो वर्ष दुई कार्यक्रम सञ्चालन गरिएको शिक्षालयले नर्सिङ्ग सहितका सात कार्यक्रम सञ्चालनका लागि अनुमति पाएको छ ।

शिक्षालय सञ्चालनपछि न्युन आय श्रोत भएको विद्यार्थीले सस्तोमा प्राविधिक शिक्षा पढ्न पाएका छन् । अहिले शिक्षालयमा ७० विद्यार्थी सरकारी शुल्क शिक्षा हासिल गरि रहेका छन् ।

विष्टले शिक्षालय सञ्चालनका लागि कार्यविधि बनाएर सञ्चालन गरेका हुन् । शिक्षालय सञ्चालक समितिमा भीमदत्त नगरपालिकाका मेयर अध्यक्ष छन् ।

Himal dental
सम्बन्धित
Loading...