
महेन्द्रनगर । भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्टले प्रदेश सभा सदस्य उम्मेदवार भएपछि पाँच वर्षमा गरेका काम मतदातासम्म पुगाएका छन् । उनले सुखी नेपाली, समृद्ध नेपालको मुलमन्त्रलाई आत्म साथ गदैँ नगरपालिकाले समृद्ध नगर गुरु योजना सहित कार्यान्वयको चरणमा पुगाएका छन् ।
विष्टको नेतृत्वमा रहेको नगरपालिकाले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाहरु निर्माण गरेको छ । जसले नगर विकासको दुरगामी महत्व टेवा पु¥याईरहेका छन् । भने समृद्ध भीमदत्त बनाउने आधारहरु पनि तयार भएका छन् । नगरपालिकाले गौरवका आयोजनासँगै आर्थिक तथा सामाजिक रुपान्तरणका लागि आवश्यक योजनालाई चरणवद्ध रुपमा अघि बढाएको छ । एमाले नेतृत्वको सरकारले भीमदत्त नगरपालिकामा पछिल्ला पाँच वर्षमा गरेका केही प्रमुख कामहरु यहाँ प्रस्तुत गरिएको छ । जसले समृद्ध भीमदत्तका आधारशिला तयार भएको स्पष्ट हुन्छ ।

जैविक धार्मिक पर्यटन मार्ग
भीमदत्त नगरपालिकाको वडा नं. १, ३, ७, ८, ९ , १०, को घाँडीघाँच क्षेत्र स्थानीय सरकारको नेतृत्व अघि निकै दर्गम मानिथ्यो । साइकल या हिँडेर जानु पर्ने बाध्यता थियो । तर जैविक धार्मिक पर्यटन मार्ग बनेपछि त्यो क्षेत्र अहिले सुगम बनेको छ । नगरपालिकाले आफ्नै स्रोत र साधनबाट छोटो समयमा निर्माण गरेको जैविक मार्गले नगरपालिकाका उत्तरि क्षेत्रका बासिन्दाको दैनिकी नै फेरिदिएको छ । नगरपालिकामा जनप्रतिनिधि आएलगत्तै उक्त क्षेत्रमा धार्मिक पर्यटकीय विकासका लागि मार्ग निर्माणको काम शुरु गरिएको थियो । नगरपालिकाको रौटेलादेखि बह्मदेवसम्म धार्मिक मार्गको ट्र¥याक खोलेर ग्राभेलिङको काम सम्पन्न गरिएकोमा अहिले कालो पत्रे सुरु भईसकेको छ ।
भीमदत्त नगरपालिकाका तत्कालिन नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनताका गर्नु भएको प्रतिवद्धता अनुसार रौटेलादेखि ब्रह्मदेबसम्म जैविक मार्ग निर्माण गरिएको हो । १८ देखि २२ मिटर चौडा यो मार्ग रौटेलादेखि ब्रह्मदेबसम्म १५ किलोमिटर छ । जैविक धार्मिक पर्यटकीय मार्गले वडा नं. १, ३, ७, ८, ९ र १० लाई एक आपशमा जोडेको छ भने रौटेला, बाराकुण्डा, विष्णु मन्दिर धाम साकेतधाम, भम्केनी धाम, कालिताल झरना, झिलमिला र सिद्धनाथ मन्दिर जोडिएका छन् । चार लेनको पक्की सडक बनाउने लक्ष्य राखेर निर्माण गरिएको सो मार्ग कैलालीको धार्मिकस्थल गोदवारीसम्म जोड्ने योजनासहित सुदूरपश्चिम प्रदेश सरकार निर्माण गर्ने गरि काम अघि बढाएको छ ।
नगर चक्रपथ र शुक्लाफाँटा पर्यटन मार्ग
नगर गौरवको आयोजनाको रुपमा रहेको नगर चक्रपथको सपना सार्थक बनाउन उत्तरी क्षेत्रमा जैविक धार्मिक पर्यटन मार्ग र दक्षिणी क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरिएको छ । नगरपालिकाले दुवै मार्गलाई जोडेर बाह्य चक्रपथ निर्माण गरिरहेको छ । ८३ लम्बाई रहेको चक्रपथ निर्माण गरि नगर बस सञ्चालनमा ल्याउने नगरपालिकाको योजना छ ।
वडा नं १३ देखि १९ सम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हँुदै निर्माण हुने २९ किलोमिटर पर्यटन मार्गको पनि ट्र¥याक खोली निर्माण कार्य अगाडी बढाईएको छ । भने करिब तीन किलोमिटर मार्ग कालोपत्रे भईसकेको छ । यस मार्गले नगरपालिकाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थललाई जोड्ने र नगर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई सहज बनाउन अपेक्षा गरिएको छ । यि सडक निर्माणले यातायातमा मात्रै सहज भएको छैन् त्यहाँको जग्गाको मुल्य बढ्नुका साथै चुरे संरक्षणमा मद्दत पुगेको छ भने जङ्गली जनावरको त्रास समेत हटेको छ । यस योजनालाई तत्कालिन स्थानीय सरकारको महत्वपुर्ण उपलब्धीको रुपमा लिईएको छ ।
४८ किलोमिटर सडक कालोपत्रे, २४८ कि.मि ग्रोभेल र १७ किलोमिटर नयाँ सडक निर्माण
निवर्तमान मेयर विष्टकै कार्यकालमा भीमदत्त नगरपालिकामा ४८ किलोमिटर सडक कालोपत्रे भएको छ । भने आन्तरिक श्रोतबाट बाह्य चक्रपथ, भित्रि चक्रपथ, जैविक मार्ग, पर्यटन मार्ग लगायतका साना सडक गरि ४८ किलोमिटर सडक कालोपत्रे गरिएको छ । त्यस्तै नगरपालिकाले पछिल्ला पाँच वर्षमा २४८ किलोमिटर सडक ग्राभेल र ६६ किलोमिटर नयाँ सडकको ट्र¥याक खोलिएको र ५४ किलोमिटर कालोपत्रे सडक मर्मत गरेको थियोे ।
दुर्गमबाट सुगम बन्यो खल्ला–मसेठ्ठी
स्थानीय सरकारको नेतृत्व आउनुपर्व भीमदत्त नगरपालिकाको सबैभन्दा दुर्गम बस्तीको रुपमा चिनिने खल्ला, टुडिखेल र मच्छेट्टीले विकासको मुहार फेरेको छ । वर्षौँ देखि विकास न्यूनतम पुर्वाधारको अभाव रहेको भीमदत्त–९ को यी बस्तीमा स्थानीय सरकारको नेतृत्वपछि पहिलो पटक सडक, विद्युत र सञ्चार सेवाको पहुँचमा जोडिएको हो ।
सञ्चारका लागि भारतीय सिम कार्ड प्रयोग गदैँ आएको स्थानीयले नेपाल टेलिकमको सञ्चार सेवा प्रयोग गर्न पाएका छन् । भने विद्युत आपुर्तीले बस्ती उज्यालो भएको छ । खल्ला, टुडिखेल र मच्छेट्टीवासीको वषौँपछि विकासका पुर्वाधारसँग जोडिएको हो । सडक, विद्युत र सञ्चार सेवा विस्तार भएपछि स्थानीयको जनजीवन सहज भएको छ । भने खोनेपानी र सिचाँईका योजना पनि सञ्चालन भईरहेका छन् ।
साथै सोही क्षेत्रमा रहेको महाकाली नदीमा सहसिक जलयात्रा ¥याफ्टीङ सञ्चालन पनि गरिएको थियो । विपन्न र दुर्गम क्षेत्रको विकासलाई तत्कालिन नेतृत्वले उच्च प्राथमिकता राखेका थिए ।
महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालन
सुदूरपश्चिममै प्राविधिक शिक्षामा लामो समयदेखि रहेको निजि क्षेत्रको एकाधिकार नगरपालिकाले अन्त गरेको छ । भीमदत्त नगरपालिकाले आफ्नै प्राविधिक शिक्षालय सञ्चालनमा ल्याएपछि निजि क्षेत्रको एकाधिकार तोडिएको हो । निवर्तमान मेयर विष्टको चुनावी संकल्प अुनसार भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पतालसँगको साझेदारीमा महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालन ल्याएको हो ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटिईभिटीई ) ले भीमदत्त नगरपालिकालाई डिप्लोमा तहका प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालनका लागि स्वीकृति दिएपछि प्राविधिक शिक्षालय सञ्चालनमा आएको छ । भीमदत्तले सञ्चालन गर्ने महाकाली प्राविधिक शिक्षालयमा नर्सिङ्ग सहितका सात कार्यक्रम सञ्चालन गर्ने योजना छ । शिक्षालय सञ्चालनपछि न्युन आय श्रोत भएको विद्यार्थीले सस्तोमा प्राविधिक शिक्षा पढ्न पाएका छन् ।
मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि महत्वुपर्ण साझेदारी
सशस्त्र दन्द्धको समयमा सुरक्षाको कारण देखाउँदै बन्द गरिएको मझगाउँ विमानस्थलको पुन ः सञ्चालनका लागि स्तरोन्नतिको काम अघि बढाउन पनि भीमदत्त नगरपालिकाको नेतृत्वले महत्वपुर्ण भुमिका खेलेको थियो । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको साँझेदारीमा हुन लागेको विमानस्थल स्तरोन्नति कार्यमा भीमदत्त नगरपालिकाले महत्वपुर्ण सहकार्य गरेको छ । विमानस्थल स्तरोन्नतिका लागि ४५ करोड ६६ लाखमा कान्छाराम कष्ट्रसन कम्पनीसंग तीन वर्षभित्र काम सक्ने गरि ठेक्का सम्झौतासहित शिलान्यास भएर काम अघि बढे पनि अहिले काम अवरुद्ध अवस्थामा छ ।
तीनै तहका सरकारको साँझेदारीमा निर्माण हुन लागेको मझगाउँ विमानस्थल स्तरोन्नतीका लागि भीमदत्त नगरपलिकाले साढे ३ करोड लगानी साझेदारी गरि रकम समेत प्राधिकरणलाई पठाईसकेको छ । भीमदत्त नगरपालिकाका निवर्तमान नगर प्रमुख विष्टले साझेदारी विकासको मोडेलको रुपमा विमानस्थल पुनः सञ्चालन आयोजना अघि बढेको बताउँदै आएका छन् ।
महाकाली अस्पताल सुधार तथा व्यवस्थापनमा महत्वपुर्ण सहयोग
केहि वर्षअघि रिफर सेन्टरको रुपमा चिनिने महाकाली अस्पतालले अहिले कोल्टो फेरेको छ । सेवा सम्पादनलाई विस्तारसँगै सुर्धाैदैँ गएपछि महाकाली अस्पतालप्रति जनविश्वास पनि बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत रहेको महाकाली अस्पताल सुधार तथा व्यवस्थापन स्थानीय सरकारको रुपमा रहेको भीमदत्त नगरपालिकाले पनि महत्वपुर्ण सहयोग गरेको थियो । विशेष गरि कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि महाकाली प्रादेशिक अस्पताललाई व्यवस्थीत बनाउन नगरपालिकाको महत्वपुर्ण सहयोग गरेको हो ।
कोरोना परिक्षणका लागि धनगढी र काठमाडौँ जानुपर्ने बाध्यता रहेका बेला नगरपालिकाले पिसिआर मसिन खरिद गरि महाकाली अस्पताललाई हस्तान्तरण गरेको थियो । भने कोरोना संक्रमणको उपचारका लागि अक्सीजन अभाव हुदाँ भीमदत्त नगरपालिकाले त्यसको व्यवस्पथानका लागि २० लाख रुपयाँ आर्थिक सहयोग समेत गरेको थियो ।
त्यस्तै नगरपालिकाले महाकाली अस्पतालाई दुई जना विशेषज्ञ चिकित्सक उपलब्ध गराएको थियो भने उनिहरुको परिश्रमीक नगरपालिकाले उलपब्ध गराएको थियो ।
सबै वडामा आफ्नै कार्यालय भवन निर्माण
स्थानीय सरकारको नेतृत्वपछि भीमदत्तले वडास्तरबाट नागरिकलाई सेवा प्रवाह सुरु गरेको थियो । त्यसलाई व्यवस्थीत बनाउन नगरपालिकाले सबै वडामा आवश्यक पुर्वाधारका लागि बहुउद्देश्यीय वडा कार्यालय भवन निर्माणको योजना अघि बढायो । पाँच वर्षे कार्यकालमा भीमदत्तमा १४ वडा कार्यालय भवन निर्माण सम्पन्न भयो भने अन्य निर्माणाधिन अवस्थामा छन् ।
नगरपालिकाले बहुउपयोगसहित सबै वडामा आफ्नै पूर्वाधार निर्माण गर्ने योजनालाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको थियो । कार्यालय भवन निर्माण भएपछि सेवा प्रवाहमा नगरवासीलाई सहज हुनुका साथै भवनको सामुदायिक उपयोग पनि बढेको छ ।
मुख्य प्रशासकीय भवन निर्माण सुरु
निवर्तमान नगर प्रमुख विष्टको कार्यकालमा पालिकाको मुख्य प्रशासकीय भवन निर्माण कार्य पनि सुरु भएको छ । भीमदत्तलाई अगामी दिनमा उप–महानगर बनाउने योजनाका आवश्यक पुर्वाधारलाई मध्य नजर गदैँ नगरपालिकाले आधुनिक मुख्य पशासनिक भवन निर्माणको योजना अघि बढाएको थियो । हालको मुख्य प्रशासकीय भवन ठाँउ अभाव हुदाँ कतिपय शाखा बाहिर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।
१० वर्षे शिक्षा सुधार कार्य योजना
अघिल्लो स्थानीय सरकारले पालिकाको शिक्षा सुधारका लागि १० वर्षे कार्य योजना निर्माण पनि गरेको छ । पालिकाको शिक्षाको स्तर आधार, प्राविधिक शिक्षामा जोड, रोजगारी मुलक शिक्षा पद्धतीको विकासका लागि कार्य योजना निर्माण गरिएको हो ।
नगरपालिकाले उच्च स्तरिय शिक्षा सुधार कार्यदल गठन गरि पालिकाको शिक्षा अवस्था, सुधार गर्नु पर्ने पक्षहरु र भावि नीतिबारे सुझाव लिएको थियो । कार्यदलले दिएको सुझाव अनुसार शिक्षा सुधार कार्य योजना तयार गरिएको हो । त्यस्तै नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण, सामुदायिक विद्यालयको आवश्यक पुर्वाधार निर्माण, ई–हाजिरीको व्यवस्था, पुर्ण साक्षर पालिका घोषणको तयारी लगायका कामहरु गरेको थियो ।
पर्यटन पुर्वाधार निर्माण र प्रचारप्रसारमा तिव्रता
स्थानीय सरकारको नेतृत्व अघि पुर्वाधार र प्रचारको पर्खाईमा रहेका यस क्षेत्रका पर्यटकीय क्षेत्रहरुले नयाँ जिवन पाएका छन् । भीमदत्त नगरपालिकाले पर्यटन पुर्वाधार निर्माण र प्रचारप्रसारमा देखाएको सक्रियता यहाँ पर्टकिय क्षेत्रमा चहलपहल बढ्न थालेको छ । नगरपालिकाले धार्मिक र ऐतिहासिक महत्व बोकेका क्षेत्रको प्रचारप्रसारसँगै त्यहाँ आवश्यक पुर्वाधार निर्माण गरेको छ । धार्मीक तथा एतिहासिक महत्व बोकेको झिलमिला तालसम्म सडक निर्माण गरिएको छ । जसले घण्टौँ हिडेर जानुपर्ने बाध्यताको अन्त भएको छ । साथै झिलमिला–ब्रह्मदेव केबुलकारको सम्भाव्यता अध्ययन परि गरिएको छ ।
भीमदत्त–८ मा रहेको भम्केनी धामको विकासका लागि पनि नगरपालिकाले महत्वपुर्ण साझेदारी गरेको छ । जगद गुरुको पहलमा निर्माण भईरहेको ७५ फिट अग्लो नेपाल आमाको मुर्ती निर्माणमा नगरपालिकाले एक करोड सहयोग गर्ने प्रतिवता जनाएको छ । जसमध्ये ५० लाख सहयोग गरिसकेको छ ।
त्यस्तै नेपालको पश्चिमी सीमा नाका गड्डाचौकीमा झण्डा पार्क निर्माण गरिएको छ । ७७ फिट अल्लो चन्द्र सुर्य अंङ्कीत नेपालको झण्डाले सीमामा नेपाली स्वाभिमान र राष्ट्रियता भल्काईरहेको छ । योसँगै नगरपालिकाले ‘एक वडा एक उद्यान’ कार्यक्रम अन्र्तगत सबै वडामा सार्वजनिक क्षेत्रको संरक्षण, बहुउयोगको योजनासहित पार्क निर्माण गरेको छ । बाराकुुण्डामा कुण्ड पुनर भरण र रौटेलामा त्रिशुल पार्क निर्माण गरि यस क्षेत्रको गरिमा बढाउनुका साथै पर्यटकिय आकृषण पनि थपिएको छ ।
धार्मिक पर्यटकीय मार्गले ब्रह्मदेवको सिद्धनाथ मन्दिर, तिलाचौरको भम्केनी धाम, तिलकपुरको साकेतधाम र बाराकुण्डाको रौटेला मन्दिरका साथै खल्ला मच्छेटीमा रहेको प्राचीन सिद्धबाबा, ऐतिहासिक ५२ कोठे दरबार, झिलमिला ताल लगायतका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थललाई एकापसमा जोड्दै सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सडक सञ्जाल निर्माण गरिएको छ ।
नगरपालिकाले यसका पर्यकीय क्षेत्रमा आन्तरिक मात्रै नभई बाह्य पर्यटकहरुलाई पनि भित्र्याएर अर्थो पार्जन गर्ने लक्ष्य लिएको छ । त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले पर्यटन महोत्सवको सुरुवात गरेको छ । भने बह्रसिङगालाई नगर ब्राण्डको रुपमा घोषणा गरेको छ ।
राजश्व सुधार कार्ययोजना निर्माणसँगै आन्तरिक आयमा उलेख्य वृद्धि
अघिल्लो सरकारको पाँच वर्षे कार्यकालमा नगरपालिकाले आन्तरिक आयमा उल्लेख्य वृद्धीसँगै राजस्व सुधार नीति पनि निर्माण गरेको छ । नगरपालिकाले स्थानीय सरकारको नेतृत्वपछि कार्ययोजनाका सिफारिसलाई कार्यान्वयन गरि आर्थिक वर्ष २०७४÷७५ मा ६ करोड राजस्व संकलन गरेको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७५÷७६ मा १२ करोड, आर्थिक वर्ष २०७६÷७७ मा २० करोड र आर्थिक वर्ष २०७७÷७८ मा २३ करोड राजस्व संकलन गरेको छ । साथै राजस्व संकलनका लागि नगरपालिकाले अनलाईन कर भुक्तानी प्रणालीको पनि विकास गरेको छ । जसले करदातालाई घरबाटै कर तिर्न सहज भएको छ ।
जनमैत्री प्रशासन सेवा
स्थानीय सरकार नेतृत्वपछि संघियताको मर्म अनुसार नगरपालिकाले सेवा सम्पादनलाई विकेन्द्रकरण गरेका छ । केन्द्रीकृत सेवा प्रवाहलाई वडास्तरबाटै नागरिकलाई नगरपालिकाले सेवा दिईरहेको छ । त्यसका लागि आवश्यक पुर्वाधार निर्माण र जनशक्ती व्यवस्थापनमा पनि नगरपालिकाले जोड दिएको छ ।
नगरपालिकाले मुख्य प्रशासनीक भवन, वडा कार्यालय, विषयगत शाखा र विभिन्न समितिहरुबाट सेवा प्रदान गरिरहेको छ । भीमदत्त नगरपालिका कार्य सम्पादनको आधारमा संस्थागत स्व–मुल्याङ्कनमा देशमै पहिलो नगरपालिका बनेको थियो ।
सबै वडामा आधारभुत सेवा विस्तार, दुई बर्थीङ सेन्टर थपिए
अघिल्लो स्थानीय सरकारको नेतृत्वमा भीमदत्त नगरपालिकामा स्वास्थ्य सेवाको पहुचमा निकै सहजता भएको छ । स्थानीय सरकारको नेतृत्व अघि पालिकामा ६ वटा शहरी स्वास्थ्य केन्द्र रहेकोमा अहिले १९ वडामा विस्तार गरिएको छ ।
नगरपालिकाले बसन्तपुर बह्मदेवमा गरि थप दुई वटा बर्थीङ सेन्टर सञ्चालन ल्याएको हो । नगरपालिकाले हाल २१ वटा स्वास्थ्य संस्थाहरुबाट सेवा दिईरहेको छ ।
भीनपा–९ स्थित खल्ला–मसेठ्ठीमा पनि गाउँघर स्वास्थ्य क्लीनिक सञ्चालन गरिएको छ । अघिल्लो स्थानीय सरकारले मेयर टोल–टोल स्वास्थ्य चेकजाँच कार्यक्रम, मेयर गाउँघर विशेषज्ञ सेवा कार्यक्रम, विपन्न नागरिक निशुल्क स्वास्थ्य सेवा पनि सञ्चालनमा ल्याएको थियो । भने नगरपालिकाले दुई वटा एम्बुलेन्स र शव बहान पनि सञ्चालनमा ल्याएको थियो ।
बिना धितो बिना ब्याजमा ऋण उपलब्ध गराउन उद्यमशिलता कार्यक्रम सञ्चालन
निवर्तमान मेयर विष्टले न्युन आय श्रोत भएका विपन्न वर्गलाई लक्षीत गरि मेयर उद्यम शिलता कार्यक्रम सञ्चालनमा ल्याएका छन् । नेपाल बैकसँगको सहकार्यमा उक्त कार्यक्रम सुरु गरेको हो । नगरपालिकाले बिना धितो बिना ब्याज पाँच लाखसम्म ऋण उपलब्ध गराउँदै आएको छ ।
पहिलो चरणमा १४ जनाले कर्जा पाएकोमा दोस्रो चरणका लागि २० जना उद्यमीलाई छनौट गरिएको नगरपालिकाले जनाएको छ । यस कार्यक्रममार्फत नगरपालिकाले करिब तीन सय जनालाई उद्यमी तथा सीपमुलक तालिम दिईएको छ ।
१ सय १० कानुन निर्माण
अघिल्लो स्थानीय सरकारले भीमदत्तमा एक सय १० कानुन निर्माण गरेको छ । स्थानीय तहको सरकार बन्दा कानुन अभाव रहेको नगरपालिकाले कानुन निर्माण गरि विकास निर्माणका काम अघि बढाएको हो । त्यस्तै न्यायिक समितिमार्फत पाँच वर्षमा १ सय १ मुद्धा फछयौट गरेको छ ।
विकासमा साझेदारी र सहकार्य
तत्कालिन सरकारले विकास निर्माणलाई सरोकारवाला निकायसँगको सहकार्य अघि बढाउने नीति लिएको थियो । सोही अनुरुप नगरपालिकाले महाकाली प्रादेसिक अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयलाई पनि सहयोग गरेको थियो । महाकाली अस्पतालको सेवा सुधार, पिसिआर मेसिन खरिद गरि हस्तान्तरण, अक्सीजन सिलिन्डर खरिदका लागि सहयोगलगायतमा नगरपालिकाले महत्वपुर्ण साझेदारी गरेको थियो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयको पार्क निर्माण, जिल्ला प्रहरी कार्यायलको पर्खाल निर्माण, सशस्त्र प्रहरीका बिओपीलाई सहयोग, पत्रकार महासंघको भवन निर्माण लगायत विभिन्न केन्द्र र प्रदेश माहततका सरकार र गैर सरकार कार्यालयलाई पनि नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
त्यस्तै नगरपालिकाले नगरवासीलाई निशुल्क रगत उपलब्ध गराउन रेडक्रसलाई वर्षेनी तीन लाख सहयोग गर्दै आएको छ । भने दन्द्धकालमा बन्द भएको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि तीनै तहसँग सहकार्य गरेको छ । सरकारी र गैर सरकारी संघ सस्थाहरुसँगको सहकार्यमा विभिन्न परियोजना, आयोजना नगरपालिकाले अघि बढाएको जनाएको छ ।
सहरी विकास आयोग गठन र योजना बैक
भीमदत्तले केन्द्रीय योजना आयोगको अवधारण अन्तरगत शहरी विकास आयोग गठन गरेको छ । नगर प्रमुखको अध्यक्षता रहने यस आयोगले नगरपालिकाको समग्र विकासका लागि योजना निर्माणको काम गरिरहेको छ । नेपालका केही मात्रै स्थानीय तहले सुरु गरेको यो अवधारणमा भीमदत्त सुदूरपश्चिममै पहिलो पालिका पनि हो । आयोग नगरपालिकाका योजना तर्जुमा गर्ने, योजनाको प्राथमिकिरण गदैँ त्यसको कार्यान्वयनका लागि बजेट सुनिश्चत गर्ने काम गर्ने छ । आयोगलाई योजना बैंकको निर्माण गर्ने प्रमुख जिम्मेवारी दिईएको छ ।
समृद्ध नगरको निर्माणका जनताको आवश्यकताका आधारमा अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना तर्जु गर्ने र त्यसलाई प्राथमिकिरण गरेर कार्यान्वयनका चरणमा अघि बढाईने छ । नगरपालिकाले २५ वर्षे नगर गुरुयोजनासहित काम गरिरहेको छ ।
साथै आयोगले योजना कार्यान्वयनका लागि बजेट सुनिश्चत गर्न केन्द्र, प्रदेश र अन्य दातृ निकायसँग पहल गर्ने नगरपालिकाले जनाएको छ । आयोगको सञ्चालनका लागि नगर योजना परिषद गठन गरिएको छ । जसमा केन्द्र, प्रदेश र अन्य सरोकारवाला कार्यालयका प्रमुख एंवम् प्रतिनिधिलाई सदस्यको रुपमा राखिएको छ । आयोगले योजनाको निर्माण तथा कार्यान्वनका लागि तीनै तहका निकायबिच समन्वयकारी भुमी खेल्नेछ ।
कृषिमा एक वडा एक उत्पादनदेखि पकेट क्षेत्र कार्यक्रम सञ्चालन
तत्कालिन सरकारले कृषिको यान्त्रिकरण र व्यवसायिकरणमा पनि जोड दिएको थियो । कृषिमा आत्मनिर्भर र उत्पादनमा वृद्धिका लागि नगपालिकाले एक वडा एक उत्पादनदेखि पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेको छ । एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत हरेक वडाका किसानलाई तालिम, अनुदान र प्राविधिक सहयोग गरिएको नगरपालिकाले जनाएको छ । यस कार्यक्रम अन्र्तगत किसानलाई कुखुरा पालन, बाख्रा पालन, तरकारी खेती, कागती खेती, ड्रागन खेती, मेवा खेती लगायतका लागि तालिम र अनुदान सहयोग गरिएको हो ।
त्यस्तै कोभिड–१९ प्रभावीत तथा रोजगार गुमाएका लाई आर्थिक सामाजिक पूनःलाभ कार्यक्रम मार्फत ४०० परिवारलाई कृषि, पशुपालन र उद्यममा सहयोग, साना किसान तरकारी व्यवसायिका लागि १०० भन्दा बढी टनेल निर्माण, सहकारी तथा निजी क्षेत्रलाई बीउ बीजन उत्पादन र भण्डारणमा सहयोग लगायतका कामहरु भएका छन् । त्यस्तै नगरपालिकाको आफ्नै नर्सरी मार्फत २ लाख फलफुल तथा तरकारीका विरुवा उत्पादन गरी ३५ हजार घरधुरीलाई वितरण गरेको छ । तरकारी पकेट क्षेत्र ५ वटा, धान पकेट २ वटा, गहुँ पकेट १, मकै पकेट १ मा कार्यक्रम सञ्चालन गरिएको छ । यसबाट कृषक आत्मनिर्भ र हुनुका साथै उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।
खानेपानी आयोजना निर्माणमा महत्पवपुर्ण सहयोग
भीमदत्त नगरपालिकाले सबै नगरवासीलाई स्वच्छ खानेपानी पु¥याउने लक्ष्य लिएको छ । सोही अनुरुप नगरपालिकाले नगरस्थित विभिन्न खानेपानी आयोजना निर्माणका लागि सहजिकरण, सहयोग गदैँ आईरहेको छ । नगर विकास कोषको ऋण सहयोगमा सञ्चालन खानेपानी आयोजनामा नगरपालिका जमानी बसेको छ भने कतिपय आयोजनाको उपभोक्ताले तिर्नु पर्ने पाँत प्रतिशत रकम पनि नगरपालिकाले सहयोग गरेको छ ।
अघिल्लो सरकारको कार्यकालमा भीमदत्तमा सिद्धनाथ बैजनाथ खानेपानी आयोजना, पुर्णागिरी शहरी खानेपानी आयोजना, चक्किफाँटा खानेपानी आयोजना, महेन्द्रनगर खानेपानी लगायतका आयोजना सञ्चालनमा छन् । भने नगरपालिकाकै पहलमा महेन्द्रनगर बजार क्षेत्रमा जिर्ण अवस्थामा रहेका खानेपानी लाईन फेर्ने काम भईरहसको छ । बजार क्षेत्रमा करिब ३० किलोमिटर नयाँ पाईललाईन बिछ्याउने काम भईरहेको हो ।
नगरपालिकाको स्थापना दिवस सुरुवात र पुरस्कार स्थापना
स्थानीय सरकारको नेतृत्वपछि भीमदत्त नगरपालिकाले स्थानपा दिवस मनाउन सुरु गरेको छ । भीमदत्त नगरपालिकाले स्थानीय तह निर्वाचनपछि नगरपालिका स्थापना गरिएको ४२ वर्षमा पहिलो पटक स्थापना दिवस मनाइएको हो । २०३४ माघ ७ गते तत्कालिन सुडा र ऐरी गाउँ पञ्चायत मिलाएर महेन्द्रनगर नगर पञ्चायतका रुपमा स्थापना गरिएको थियो ।
२०४७ मा महेन्द्रनगर नगरपालिका नामाकरण गरिएको नगरपालिका जनआन्दोलनपछि २०६५ मा भीमदत्त नगरपालिका नामाकरण गरिएको हो । नगरपालिका स्थापनाको दुई दशकपछि ४२ वर्षमा पहिलो स्थापना दिवस मनाएर दिवसको सुरुवात गरिएको थियो । नगरपालिकाले फागुन ७ गते स्थापना दिवस मनाउँदै आएको छ ।
त्यस्तै नगरपालिकाले स्थापना दिवसमा १४ विधामा पुरस्कार स्थापना गरेको छ । नगरपालिकाले शहित भीमदत्त पन्त किसान पुरस्कार, शहिद दशरथ चन्द लोकतन्त्र पुरस्कार, शहिद गोविन्द गौतम सीमा सुरक्षा पुरस्कार, पहलमान सिंह स्वर साहित्य पुरस्कार, बाकाविर खेलकुद पुरस्कार, जयपृथ्वी बहादुर सिंह मानव अधिकार पुरस्कार, राम बहादुर चन्द पत्रकारिता पुरस्कार, द्धारिका देवि ठकुरानी शिक्षा पुरस्कार, विज्ञान प्रविधि पुरस्कार, असहाय सेवा सहयोग पुरस्कार, वन वातावरण संरक्षण पुरस्कार, प्रेम सिंह धामी प्राकृतिक संम्पदा संरक्षण पुरस्कार, एन.डी प्रकाश चटौत युवा प्रतिभा पुरस्कार, र उत्कृष्ट करदाता पुरस्कार स्थापना गरेको छ । उक्त पुरस्कार नगरपालिकाले स्थापना दिवसको अवसरमा घोषणा गरि दिदैँ आएको छ । ईतिहास नै पहिचान भएकाले नगरपालिकाले स्थापना दिवस बनाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
उज्यालो भीमदत्त कार्यक्रम
भीमदत्त नगरपालिकामा निवर्तमान मेयर सुरेन्द्र विष्टले गरेका कामले परिमाण दिन थालेका छन् । उज्यालो भीमदत्त कार्यक्रमलाई चुनावी मुुद्धाको रुपमा अघि सारेका विष्टको योजनाले मुर्त रुपमा पाउन थालेका हुन् । उज्यालो भीमदत्त अन्तर्गत अहिले महेन्द्रनगर बजार क्षेत्र र नगरका प्रमुख क्षेत्र मास लाईट जडान भएका छन् ।
यस अघि नै अघिकांश सडक बत्ति जोडेको भीमदत्त नगरपालिकाले अहिले सात वटा मासलाई जडान गरेको छ । सार्वजनिक स्थलमा ठुलो क्षेत्र कभर हुने गरि मास लाईट जडान गरिएको हो । अघिल्ला सुरेन्द्र विष्ट नेतृत्वको स्थानीय सरकारले अघि सारेको उक्त योजनाले अहिले पूर्णता आएको हो । प्रदेश सभा सदस्यका उम्मेदवार विष्टले खैरभट्टी कुतियाकवर विकास मोडेल सहित २० बुँदे चुनावी प्रतिवद्धता मतदातासम्म पुगेका छन् ।
हाम्रा प्रतिबद्धता
१) भीमदत्त नगरपालिकाको उत्तर तर्फको जैविक धार्मिक पर्यटन मार्ग तथा दक्षिणको शुक्लाफाँटा पर्यटन मार्गलाई कालोपत्रे गरी बाह्य नगर चक्रपथलाई पूर्णता दिइनेछ । साथै डीपीआर अनुरूप भित्री नगर चक्रपथलाई पूर्णता दिइनेछ ।
२) दोधारा चाँदनी नगरपालिकामा बन्न लागेको सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी र विशेष आर्थिक क्षेत्र निर्माण, चाँदनी तिंकर जोड्ने महाकाली कोरिडोरलाई पूर्णता दिई अन्तर्राष्ट्रिय व्यापारिक नाका बनाई औद्यौगिक नगरको रूपमा विकास गरिनेछ ।
३) महाकाली नदीको दुवैतर्फ र जोगबुढा नदीमा उच्च पक्की बाँध निर्माण गर्नुका साथै कुतियाकवर, सुन्दरनगर, बडुवाल टोल लगायतका बस्तीलाई सुरक्षित बस्तीको रूपमा विकास गरी महाकाली तटीय क्षेत्र हुँदै कुतियाकवरदेखि खैरभट्टीसम्म शुक्लाफाँटा पर्यटन कोरिडोर विकास गरिनेछ ।
४) महाकाली नदीको खल्ला टुँडीखेल मसेट्टी क्षेत्र तथा गहताडी, कामीकाँटे, खन्ने खोला, भाँसी खोला, कनकट्टी र गोवरैया खोलाका विभिन्न स्थानमा तटबन्ध र पुलपुलेसा निर्माण र बहुविपद् व्यवस्थापन गरिनेछ ।
५) राष्ट्रिय गौरवको परियोजनाको रूपमा अगाडि बढाएको महाकाली सिँचाइ तेस्रो चरणबाट शाखा तथा उपशाखा नहरहरू निर्माणका लागि पुनः सर्वेक्षण र अध्ययन गरी सिँचाइ व्यवस्था गरिने छ । दोधाराचाँदनीमा महाकाली सन्धिअनुसार प्राप्त हुने ३५० क्यूसेक पानी सिँचाइका लागि पुनः सर्वेक्षण र अध्ययन गरी नहर निर्माण कार्य अगाडि बढाइने छ ।
६) हाम्रै नेतृत्व तथा पहलमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा प्रारम्भ भएको मझगाउँ एयरपोट निर्माण कार्य सम्पन्न गरिनेछ ।
७) दोधाराचाँदनी नगरपालिकाको अधुरो बाह्य नगर चक्रपथ र कभर्ड हल निर्माण गर्नुका साथै खेल मैदानहरूको स्तरोन्नति गरी खेलमैत्री नगरको अवधारणा अगाडि बढाउने छौं ।
८) प्रस्तावित गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयको रूपमा स्थापना गरी महाकाली प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गरिने छ । दोधाराचाँदनीमा निर्माणाधीन १५ शैयाको अस्पताललाई पूर्णता दिई ५० शैयाको अस्पतालको रूपमा विकास गरिने छ ।
९) कृषि बिमा, एक वडा एक वस्तु उत्पादन, किसान परिचयपत्र र कृषक भत्ताको व्यवस्था, किसानको उत्पादन संकलन तथा बिक्री केन्द्र, कृषि सामग्रीको सुरक्षित भण्डारण (कोल्ड स्टोर), मल, बीउ डिपो स्थापना, पशुपंक्षी आहार तथा दाना उद्योग स्थापना, भैसी स्रोत केन्द्र, दुग्ध प्रशोधन केन्द्र, कञ्चनपुर जिल्लालाई केरा जोन घोषणा, बाख्रा ब्रिडिङ सुधार आदि कार्यमार्फत कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकीकरण गर्नेछौं ।
१०) कृषिजन्य उत्पादित वस्तु निकासी गर्न, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सीमा क्षेत्रमा कार्यालय स्थापनाका लागि पहल गर्नेछौं । साथै भारत लगायतका देशबाट आयातित विषादीयुक्त तरकारी, फलफूल तथा खाद्यवस्तुको डम्पिङ गर्ने परिपाटीको अन्त्यका लागि विषादी परीक्षणको व्यवस्थालाई कडाइ गर्दै स्वदेशी उत्पादनको बजार सुनिश्चितता गरिने छ ।
११) भानु बहुमुखी क्यापसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा विकास, दोधारा चाँदनी नगरपालिकामा बहुप्राविधिक शिक्षालय स्थापना गर्नुका साथै सुदूरपश्चिम विश्वविद्यालयमा आईटी प्रविधि, कृषि विज्ञान तथा व्यवस्थापन, जडीबुटी प्रशोधन विज्ञान, कृत्रिम बौद्धिकता अध्ययन÷अध्यापन गर्दै उद्यमशीलतासँग जोडेर सबल स्थानीय अर्थतन्त्रको विकास गरी युवा रोजगारी र स्वरोजगार सिर्जना गरिनेछ ।
१२) सडक, बत्ती, चार्जिङ स्टेसन, सार्वजनिक शौचालय, फोहरमैला व्यवस्थापन, बाल उद्यान, पार्किङस्थल लगायतका क्षेत्रमा स्मार्ट पूर्वाधारको विकास गरी भीमदत्त र दोधारा चाँदनी नगरपालिकालाई स्मार्ट सिटीका रूपमा विकास गर्नेछौं ।
१३) भूमि समस्या समाधानका लागि हाम्रो सरकारले शुरूआत गरेको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको जग्गा नापी कार्यलाई पूर्णता दिई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराइने छ ।
१४) आवास विहीनलाई जनता आवास कार्यक्रम मार्फत आवासको व्यवस्थापन कार्यलाई निरन्तरता दिइनेछ र विपन्न मजदुरको व्यवस्थापनका लागि नमूना बस्तीको व्यवस्था गरिनुका साथै मुक्त कमलरी, मुक्त हलियाको उचित व्यवस्थापन गरिनेछ ।
१५) नेपाल–भारत सीमा क्षेत्रको विवाद समाधानका लागि आवश्यक पहल गरी र सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको अनुभूतिको वातावरण बनाइनेछ ।
१६) मध्यवर्ती क्षेत्रमा जंगली जनावरबाट हुने क्षति न्यूनीकरण तथा उचित क्षतिपुर्तिको व्यवस्था गर्नुका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन ठूला होटल, रिसोर्टमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउँदै शुक्लाफाँटा झोलुङ्गे पुल लगायतका पर्यटकीय गन्तव्यसँग जोडी पर्यटन मैत्री पालिका बनाइनेछ ।
१७) जीर्ण लाइन मर्मत, टान्सफर्मर थप र भोल्टेज व्यवस्थापन गरी दोधाराचाँदनीमा विद्युत् आपूर्तिको समस्यालाई समाधान गर्नुका साथै दुवै नगरका मुख्य स्थान तथा चोकमा स्मार्ट लाइट जडान कार्यलाई निरन्तरता दिइनेछ ।
१८) हाम्रो सरकारले प्रारम्भ गरेको ज्येष्ठ नागरिक भत्तालाई ५ हजार पु¥याउनुका साथै अपाङ्गता भएका, एकल महिला, सुत्केरी लगायतका सामाजिक सुरक्षा भत्तामा वृद्धि गरिनेछ ।
१९) महाकाली गोदावरी कर्णाली जैविक धार्मिक पर्यटन मार्ग निर्माण, पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–कोहलपुर खण्डलाई ४ लेन निर्माण र डीपीआर तयार भएको पूर्वपश्चिम रेलमार्गको भुजेला–कोहलपुर खण्ड निर्माण कार्य अगाडि बढाइनेछ ।
२०) सुदूरपश्चिमको पहिचान झल्किने भुवा, अनन्त्या, गौरा, हुड्क्या, छलिया, सखिया, रानाथारु होली, तीज, घोडेजात्रा लगायतका भाषा, कला संस्कृति संरक्षण, प्रवद्र्धन र व्यवसायीकरण गर्नुका साथै कञ्चनपुरको सोनाहा जातिलाई सूचीकरण गरिने छ ।
