ghar sansar

एमालेमा शुद्धिकरण अभियान चलाइने नेता सिहको उद्घोष, भन्छन्– एमाले बन्ने, दोहन गर्ने सुन्ना मुसुन्ना सबै हराउन लागे

khasi

महेन्द्रनगर । एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बचन बहादुर सिहले एमालेभित्र शुद्धिकरण अभियान सञ्चालन गरिने बताएका छन् । उनले निर्वाचनमा मत बेच्ने कार्य भएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरे ।

‘मत बेच्ने कार्य भएको छ, तिनलाई पनि सिकाई हुन्छ’ झलारीमा प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,‘पार्टीभित्र शुद्धिकरण अभियान थाल्न जरुरी छ, अब त्यसका लागि अघि बढ्छौ ।’

dirghayi clinic

उनले चुनाव हराउन एमाले भएर फाईदा लिने व्यक्ति सबैभन्दा बढी लागेको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरे । ‘एमाले बन्ने, एमाले दोहन गर्ने, सबैभन्दा बढी फाइदा लिएका सुन्ना मुसुन्ना सबै लागे’ उनले भने,‘त्यति गरेर लाग्दा पनि जनातबाट राम्रो साथ पाएका छौ,कमीकमजोरी सच्याउने मौका पाएका छौ ।’

सिह कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ क बाट प्रदेश सभा सदस्यमा पराजित भएका छन् । उनले चुनावमा पराजय भए पनि जनताका सुख दुःखमा साथ रहने बताए । ‘चुनावमा पराजय भए पनि फर्केर कहाँ जाने भन्ने केही छैन, जनताका हरेक सुख दुःखमा सेवक भएर साथ दिन्छौ’ उनले भने ।

निर्वाचनमा मतदाता शिक्षालाई ध्यान दिन नसक्दा आफू पराजित भएको उल्लेख गर्दै उनले आगामी दिनमा यसलाई विशेष प्राथमिकता दिइने बताए ।

‘मतदाता शिक्षा सिकाउन नसक्नु ठूलो कमजोरी भयो, प्रचारको शैली पनि फेरिनु पथ्र्यो’ उनले भने,‘ ४५३ मतले पराजित भए, सूर्यमा औँठा छाप मात्रै लगाएको ७ सय मत थियो, सूर्य सहित ११ सय मत भएका छन्, त्यस कारण मेरा १८ सय मत बदर भएका छन् ।’

Himal dental
सम्बन्धित
Loading...