ghar sansar

मौन अवधिमा भएको आर्थिक चलखेलले पराजित भए, नत्र जिति सकेको थिए– एमाले नेता राना

khasi

महेन्द्रनगर । एमाले केन्द्रीय सदस्य कृपाराम रानाले सत्ता गठबन्धनले मौन अवधिमा गरेको आर्थिक चलखेका कारण आफू पराजित भएको बताएका छन् । उनले मौन अवधिमा आर्थिक चलखेल गरी मतदातालाई प्रभावमा पारिएको उल्लेख गरे ।

प्रेस चौतारी नेपाल कञ्चनपुरले आइतबार झलारीमा गरेको पत्रकार सम्मेलनमा उनले भने,‘मौन अवधि समय बढेर समस्या भयो, दुई दिनको मौन अवधिमा पैसाको चलखेल भयो, एमालेलाई भोट दिन चाहने मतदातालाई पनि प्रभावमा पारियो ।’

उनले सत्ता गठबन्धनका हिसाबले पराजित भए पनि दलीय आधारमा हेर्दा एमालेले चुनाव जितेको बताए । देशभर सत्ता गठबन्धन असफल भएको उनको भनाई थियो ।

dirghayi clinic

निर्वाचनमा मतदाताले लिपुलेक, कालापानी, लिम्पियाधुरा सहितको नक्सा जारी भूमि फिर्ताका लागि एमालेको पहलकदमीलाई साथ दिने आश सार्थक नभएकोमा चिन्ता व्यक्त गरे । ‘कालपानी लिपुलेक कब्जा भूमि फिर्ताका लागि नक्सामा राखेर प्रक्रिया अघि बढेको छ’ उनले भने,‘त्यसै ठाउँमा पनि दण्डित गरिएको छ ।’

उनले दैजीस्थित छेला औद्योगिक क्षेत्र सञ्चालनका लागि आगामी दिनमा हुने कार्य प्राथमिकतामा राखेर अघि बढ्ने जनाए । ‘छेला औद्योगिक क्षेत्रको काम पूरा गर्न सक्छन् कि सक्दैनन्, त्यो हेर्छौ्’ उनले भने ।

निर्वाचनमा पार्टीका सबै कमिटी अपेक्षा अनुसार परिचालन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै पार्टीलाई बलियो बनाएर जानु पर्नेमा जोड दिए ।

महेन्द्रनगर । एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बचन बहादुर सिहले एमालेभित्र शुद्धिकरण अभियान सञ्चालन गरिने बताएका छन् । उनले निर्वाचनमा मत बेच्ने कार्य भएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरे ।

Himal dental
सम्बन्धित
Loading...