
विवाहमा जाने मान्छे बोकेर महेन्द्रनगर पुग्यो धनगढी उप महानगरको गाडी, चमनचोकबाट विद्यार्थीहरुले लिए नियन्त्रणमा

महेन्द्रनगर । विवाहमा सहभागी हुने मान्छे बोकेर आएको धनगढी उप महानगरपालिकाको गाडी महेन्द्रनगरमा विद्यार्थीले नियन्त्रणमा लिएका छन् । धनगढी उप महानगरको सुदूरपश्चिम प्रदेश ०१००१झ ०४७७ नम्बरको जिप सोमबार विहान मदनचोकबाट नियन्त्रणमा लिइएको हो ।
एमालेको अखिलका विद्यार्थीले नियन्त्रणमा लिएको गाडीमा विवाहमा लैजान लागिएको तरकारी समेत भेटिएको छ । गाडीमा विवाहमा सहभागी हुन तयार भएका महिला र बालबालिका बसेर आएका छन् ।

अखिलले सोमबार विहान १० देखि ११ बजेसम्म बाजुराका चेतन ऐडीको हत्या विरोधमा गरेको चक्काजामका क्रममा उप महानगरको गाडी पुगेपछि नियन्त्रणमा लिइएको छ । चक्काजामका बेला पुगेपछि विद्यार्थीले गाडी नियन्त्रणमा लिएर त्यसमा सवार सबै यात्रुलाई बाहिर निकालि दिएका छन् ।
अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले बन्दमा आएको जिपलाई रोकेपछि महिला सहित सबै सवार बाहिर आएका हुन् । त्यसपछि गाडीको पछाडि राखिएको आलु सहितका समान निकालेका छन् ।
गाडी चालकलले उक्त सवारी साधन धनगढी उप महानगरपालिकाको र अहिले उक्त सवारी साधन निर्वाचनको काममा रहेको जानकारी दिएका छन् । धनगढी उप महानगरपालिकामा स्वतन्त्रबाट चुनाव जितेका गोपी हमाल मेयर छन् ।
