ghar sansar

कञ्चनपुरको दक्षिणी क्षेत्रमा दैनिक आठ घण्टा लोडसेडिङ

janjyoti campus

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा आठ घण्टा विद्युत कटौती गरिएको छ । आज देखि १५ दिनका लागि बिहान ९ बजेदेखि साँझ ४ बजेसम्मका लागि विद्युत सेवा कटौती गरिएको हो ।

dirhayu

नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रले जारी गरेको सूचना अनुसार लालपुर, कलुवापुर, बेलौरी ३३ केभी लाइन अन्तर्गत बन्साहदेखि शान्तिपुर बेलौर सम्म खेतमा भएका पोलहरुको कन्डक्टर अपग्रेड गर्ने, कलुवापुर सव स्टेशनमा ३३ केभी फिडर निर्माण, ब्रेक कनेक्सन, लाईन एलाइनमेन्ट लगायतका कार्य गर्नु भएकाले विद्युत सेवा कटौती गरिएको जनाइएको छ ।

western public academy

लालपुर सव स्टेशनबाटै लाइन अवरुद्ध हुने बताइएको छ। समय अगावै लाइन मर्मतको कार्य सकिए तत्कालै विद्युत सेवा सुचारु हुने जारी सूचनामा जनाइएको छ ।

विद्युत सेवा कटौती हुने भएपछि बेदकोट, शुक्लाफाँटा, लालझाडी, बेलौरी लगायतका क्षेत्र प्रभावित हुने भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...