आमाको स्वास्थ्य लाभको कामना गर्दै भीमदत्त नगरपालिका सात नम्बर वडा कार्यालयका कर्मचारीले दिए अनाथ बालबालिकालाई न्यानो कपडा
महेन्द्रनगर । भीमदत्त नगरपालिका ७ नम्बर वडा कार्यालयका कार्यालय सहयोगी दिपक विष्टले महाकाली अञ्चल बाल कल्याण अनाथालमा न्यानो लुगा सहयोग गरेका छन् । उनले आईतबार अनाथालयका कार्यालय प्रमुख शंकर बहादुर चन्दको उपस्थितिमा २५ जना बालबालिकालाई एक÷एक थान ज्याकेट सहयोग गरेका छन् ।
विष्टले आफ्नो आमाको स्वास्थ्यलाभको कामना सहित बालवालिकाहरुलाई न्यानो लुगा वितरण गरको बताए । उनकी आमा पार्वती देवी विष्ट विगत केहि बर्षदेखि विरामी छन् ।
गत बर्षमा पनि बालबालिकाहरुलाई रात्री भोज गराएका दिपकले आफ्नो आमाको स्वास्थ्य लाभको कामनासंगै आत्मसन्तुष्टिको लागि लुगा वितरण गरेको बताए ।
‘आमा विरामी हुन ुहुन्छ, उहाँको स्वास्थ्य लाभको कामना गर्न र आत्म सन्तुष्टिको लागि यो सानो सहयोग गरेको हु’,उनले भने, ‘आउँदा दिनमा पनि सक्दो सेवा गरिरहने छु ।’