ghar sansar

चुनावमा गठबन्धन, मतदातालाई बधाई एक्लाएक्लै

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ क का प्रदेश सभा सदस्य ओम बिक्रम भाट मतदातालाई धन्यवाद दिन गाउँ वस्तीमा पुगेका छन् । सत्ता गठबन्धनबाट चुनाव जितेका उनी प्रदेश सभा सदस्य निर्वाचित भएपछि धन्यवादका लागि मतदातासम्म पुगेका छन् ।

माओवादी केन्द्रका नेता भाट सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्य चुनाव लडेका थिए । प्रतिनिधि सभा सदस्यमा काँग्रेसका नारायण प्रकाश साउँद र प्रदेश ख मा काँग्रेसका बहादुर सिह थापा निर्वाचित भएका छन् । निर्वाचित काँग्रेसका प्रतिनिधि सभा सदस्य साउँद काठमाडौं हिँडि सकेका छन् । प्रदेश सभा सदस्य थापा गृह जिल्लामा छन् ।

lotus institite

माओवादी केन्द्रका प्रदेश सभा सदस्य भाट भने सत्ता गठबन्धनका साउँद र थापालाई छाडेर एक्लै मतदातालाई धन्यवाद दिन गाउँ वस्ती पुगेका छन् । चुनावमा गठबन्धनका सबै नेताले प्रचार गरी मत मागेका मतदाता भाट एक्लै बधाई दिन आएपछि आश्चर्यमा परेका छन् । उनीहरुले गठबन्धन भत्किन लागेको आशंका समेत गर्न थालेको मतदाताहरुले बताएका छन् ।

daimond public

प्रदेश सभा सदस्य भाटले मतदातालाई चुानवमा सहायोग गरेकोमा धन्यवाद दिदैं आफूले प्रतिवद्धता अनुसार काम गर्ने दोहो¥याएका छन् ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रभित्र सहमति हुन नसकेपछि टिकट गुमाएका उनी यस पटक सत्ता गठबन्धनबाट उम्मेदवार भएर निर्वाचित भएका छन् । माओवादी केन्द्रका नेता देवीलाल चौधरीको टिकट खोसेर ल्याएको आरोप लागेपछि उनी अप्ठेरोमा फसेका थिए । त्यसका लागि उनले आदिवासी थारु समुदायका अगुवासित चुनाव प्रचारका क्रममा मित लगाएका थिए ।

माओवादीको सशस्त्र जनयुद्धमा बालकाल्यकालदेखि आवद्ध उनलाई २०७४ मा माओवादी केन्द्रका तत्कालिन इन्चार्ज लेखराज भट्टले टिकट दिलाउन अन्तिमसम्म प्रयास गरेका थिए । पछि सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशीलाई टिकट दिइएको थियो ।

माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल निकटका भाट भट्टले माओवादी केन्द्र छाड्न अघिसम्म उनका विश्वासिला मानिएका थिए । भट्ट एमाले आएपछि उनी माओवादी केन्द्रमा बसेर अहिले प्रदेश सभा सदस्य भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...