ghar sansar

छाडा चौपाया व्यवस्थापनमा सहयोगका लागि बेदकोटका प्रवक्ताले निकाले नाम विनाको विज्ञप्ति

dirghayu ad

महेन्द्रनगर । बेदकोट नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि आन्दोलन चर्किएपछि राजनीतिक दल सहित सबैसित सहयोगको अपेक्षा राखेको सार्वजनिक गरेको छ ।

बेदकोटका नगर प्रवक्ताले प्रेस विज्ञप्ति जारी राजनीतिक दल, सरोकारवाला, जानकार व्यक्तित्व, सञ्चारकर्मी सबैसित सहकार्य, समन्वय र सहयोगका लागि अपेक्षा राखेको सार्वजनिक गरेका छन् । विज्ञप्तिमा प्रवक्ता चित्रदेब भट्टले आफ्नो नाम भने उल्लेख गरेका छैनन् ।

ratnam malkhad

प्रेस विज्ञप्तिमा नगर प्रवक्ताले छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिका अल्पकालिन र दीर्घकालिन योजना बनाएर अघि बढेको जानकारी गराएका छन् । उनले नगरपालिका चौपाया व्यवस्थापनमा गम्भीर भएर लागेको दावी गरेका छन् ।

बेदकोटका मेयर भोजराज बोहराले तत्कालका लागि चुनेपानी पठाएका गाई गोरु फिर्ता गरिएपछि स्थानीयले छाडा चौपाया नगरपालिका कार्यालयभित्र ल्याएका थिए । दुई दिन कार्यालयमा राखिएका ती छाडा गाई गोरु व्यवस्थापन गर्ने भन्दै नगरपालिकाले मंगलबार अन्यत्र लगेको थियो ।

व्यवस्थापन गर्ने भन्दै लगिएका गाई गोरु मृत भेटिएपछि नगरपालिका गम्भीर विवादमा फसेको छ । स्थानीयले गाई गोरुलाई भीरबाट फाल्न लगाएर मारेको आरोप लगाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...