ghar sansar

सडक कालोपत्रेको बजेट कटौती विरुद्ध भीनपा १८ का अध्यक्ष देवकोटा सडकमै बसे धर्ना, बजेट काटिएका अन्य सडकमा पनि धर्ना बस्ने

महेन्द्रनगर । सडक कालोपत्रको बजेट कटौती भएपछि भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देबकोटा मंगलबार सडकमा धर्ना बसेका छन् । उनले धर्नाका क्रममा कार्यालयका कामकाज भने गरेका छन् ।

उनी विहानैदेखि पत्थरपुर जाने सडकको गडबडे नालामा धर्ना बसेका हुन् । अघिल्लो आर्थिक वर्ष कालोपत्रे सुरु गरिएको सडकको बजेट कटौती गरिएपछि उनी भीमदत्त नगरपालिकालाई दबाव दिन धर्ना बसेका छन् ।

lotus institite

सडक कालोपत्रेका लागि बेस लाइन तयार भएपछि नगरपालिका कार्यालयबाट बजेट कटौती गरिएको अध्यक्ष देबकोटाले बताए ।

सडक निर्माण नभएर आम जनतालाई सास्ती भएकाले उक्त कटौती गरिएको बजेटलाई यथासिघ्र प्रक्रिया मिलाएर बजेट व्यवस्थापन गरी सडक कालोपत्रेको काम संचालन गरिनु पर्ने माग रहेको उनले बताए । उनले वडाका अन्य निर्माणाधिन सडकको पनि बजेट कटौती गरिएको बताए ।

daimond public

उनका अनुसार भीमदत्त नगरपालिका १८ का खैरभट्टी शान्ती टोल, गोबरिया नेगी टोलदेखी पूर्व जाने बाटो, निम्बुखेडा पुरानो स्वास्थ्य चौकीदेखी पूर्व जाने बाटो, निम्बुखेडा उल्टाखाम पुलदेखी दक्षिण जोड्ने बाटो, पत्थरपुर जोडने बाटोको बजेट कर्टाती गरिएको र आम जनताको विकासको लागि आएको बजेटनै कटौती गरेर वडावासीलाई दुख दिने कार्यको विरुद्धमा आफुले अनशन बसेको वडा अध्यक्ष देवकोटाले बताए ।

विगतमा नगरपालिकालाई पत्र मार्फत बजेट कटौती गरिनु उचित होईन भनेर ताकेता गरियो र आउँदै गरेको हिउँदे अधिवेशनमा यि कुरालाई मध्ये नजर गरेर बिभिन्न विषयबाट रकमान्तर गरेर यो सास्याको सामाधान गरिनु पर्ने माग गरिएको बताए ।

पालिकामा जानकारी लिँदा बजेट काटियो , म्याद थप गरिएको छ भनेर आलटाल मात्रै गर्ने यो अन्याय भएको छ यो अन्याय नगर्न आग्रह गर्दछु, उनले भने, ‘मंगलवार पहिलो दिन पत्थरपुरदेखी अनशन शुरु भएको छ, अहिले सडकबाटै कार्यालयको सेवा दिईरहेको छु’ उनले भने, ‘जब सम्म यो सडकहरुको बजेटको व्यवस्था हुँदैन तबसम्म जुनजुन क्षेत्रका सडक बनेका छैनन ति क्षेत्रहरुमा अनशन जारी नै रहन्छ ।’

उनले फरकशैलीमा सृजनात्मक रुपमा दवावमुलक कार्यक्रम गर्ने बताएका छन । बिहानबाट केही नखाएर म अनशनमा बसेको छु सडकमा बसेर अनशन गरेको छु जनतालर्य पनि सास्ती नहोस भनेर सडकबाट कार्यालयको काम गर्नु पर्ने बाध्यता भएको उनले बताए ।

भीमदत्त नगरपालिका प्रमुख प्रशाकीय अधिकृत याम नारायण गौलीले बजेट नकाटिएको बताए । ‘आफै बजेट बनाउने आफै बजेट पाएन भनेर सडकमा बस्नु कतिको औचित्य हुन्छ, ‘उनले भने, ‘अब सडकमा बसेर के बजेट पाईन्छ, विनियोजनका बेला योजना माग गर्नु प¥यो ।’

 

Himal dental
सम्बन्धित
Loading...