ghar sansar

बेदकोटमा छाडा चौपाया व्यवस्थापनका लागि ६ वर्षमा एक करोड २१ लाख सकियो, समस्या झन बढ्यो

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनमा पछिल्लो ६ वर्षमा एक करोड बढी खर्च गरेको छ । बेदकोट नगरपालिकाले बुधबार छाडा पशु चौपाया व्यवस्थापन सम्बन्धी गरेको पत्रकार सम्मेलनमा एक करोड २१ लाख खर्च भएको बाहिर आएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनदेखि हालसम्म नगरपालिकामा यति रकम चौपाया व्यवस्थापनमा खर्च भएको हो । बेदकोटका मेयर भोजराज बोहराले पछिल्ला ६ वर्षमा एक करोड २१ लाख खर्च भएको बताए । व्यवस्थापन कार्य अघि बढेको थियो, त्यही अनुरुप निरन्तर व्यवस्थापनको कामकाज अघि बढेको बताए ।

,orning glory badhai
dirghayi clinic

‘हालसम्म ६ वर्षको अवधिमा १ करोड २१ लाख बढी खर्च भई सकेको छ, दिगो व्यवसपन र आत्मनिर्भर गराउने हिसाबले बैतडामा १२ विगाह जमिन लिजमा लिएका छौ’ पत्रकार सम्मेलनमा उनले भने ।

मेयर बोहराले छाडा पशु चौपाया व्यवस्तापनसंगै मलखाद कारखना सञ्चालन गर्ने योजना सहित अघि बढेको बताए । ‘निकट भविष्यमै मल कारखाना खोल्ने योजना सहित हामी अघि बढेका छौँ, ‘उनले भने, ‘छाडिएको पशु चौपायाको दिगो व्यवस्थापनको योजना सहित अघि बढेका छौँ ।’

बोहरा गत स्थानीय तह निर्वाचनबाट मेयर निर्वाचित भएका हुन् । उनले छाडा चौपाया व्यवस्थापनका लागि यस वर्ष ४० लाख बजेट विनियोजन गरेका छन् । यस वर्षको बजेट छाडेर अन्य बजेट निवर्तमान मेयर अशोक कुमार चन्दको कार्यकालमा खर्च गरिएको हो ।

चन्दको कार्यकालमा हात्तीथला र चुनेपानीबाट छाडा गाई गोरु व्यवस्थापन गरिएका थिए । २०७४ को स्थानीय तह निर्वाचनपछि सुरुमा हात्तीथलामा व्यवस्थापन गरिएको थियो । त्यहाँ व्यवस्थापनमा समस्या देखिएपछि चुनेपानीमा सामुदायिक वनलाई जिम्मा दिएर व्यवस्थापन गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...