
महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । किशोरी र परिवारजनको जाहेरीका आधारमा बेलौरीको भइसोरी बस्ने २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।
गाउँकै एक सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १७ वर्षीया ती किशोरीलाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ । जाहेरीमा नाम उल्लेख गरिएका व्यक्तिहरू सहित थप केही अपरिचित व्यक्तिहरूले समेत पटक पटक जबरजस्ती करणी गरेको किशोरीको भनाइ छ ।
