ghar sansar

सडक कालोपत्रे बजेट कटौती विरुद्ध अध्यक्ष देबकोटा खैरभट्टीमा धर्ना, भन्छन्– यतिका दिनसम्म जनताको मागमा चसो दिइएन, अब अलि कडा रुपमा जान्छु

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देबकोटाले आइतबार खैरभट्टीको शान्ति टोलमा धर्ना दिएका छन् । गत सातादेखि सडक कालोपत्रे बजेट कटौती विरुद्ध सडक धर्ना बसेका उनी आइतबार खैरभट्टी पुगेका छन् ।

बजेट कटौती गरिएको सडकमा धर्ना दिएर उनले नगरपालिकालाई दबाव दिएका छन् । उनी कटौती नगरिएको बजेट विनियोजन नभएसम्म धर्ना नछाड्ने मनस्थितिमा पुगेका छन् ।

Anant bahu travels

‘६ दिन बिति सक्यो यो मेरो माग होईन आम जनताको माग हो उनीहरुले पाउनु पर्ने योजना हो किन यसमा नगरपालिका गम्भिर नभएको होला ?’ उनले प्रश्न गरे, ‘अब दवाव दिनका लगि स्थानिय सहित नगरपालिकामा धर्ना दिने, त्यो पनि सुनुवाई भएन भने तालाबन्दी गर्नु पर्ने अवस्था आउने र त्यसले लिएको उग्ररुपमा हुन जाने क्षतिको पनि पालिकाले स्वयम जिम्मेवारी लिनु पर्ने हुन्छ ।’

dirghayi clinic

अध्यक्ष देबकोटाले सडकमा बसेर धर्ना दिँदा पनि भीमदत्तका मेयर पदम बोगटीले अहिलेसम्म उनीसित सम्पर्क गरेका छैनन् । अध्यक्ष देबकोटा धर्नाप्रति चासो नदेखाएपछि झन रुष्ट बनेका छन् ।

नगरपालिकाले अब उक्त सडकहरु निर्माण नभएर आम जनतालाई सास्ती भएकाले उक्त कटौती गरिएको बजेटलाई यथासिघ्र प्रक्रिया मिलाएर बजेट व्यवस्थापन गरी सडक कालोपत्रेको काम संचालन गरिनु पर्ने माग रहेको अध्यक्ष देवकोटाले बताए ।

भीमदत्त नगरपालिका १८ का खैरभट्टी शान्ती टोल, गोबरिया नेगी टोलदेखी पूर्व जाने बाटो, निम्बुखेडा पुरानो स्वास्थ्य चौकीदेखी पूर्व जाने बाटो, निम्बुखेडा उल्टाखाम पुलदेखी दक्षिण जोड्ने बाटो, र पत्थरपुर जोडने बाटोको बजेट कर्टाती गरिएको र आम जनताको विकासको लागि आएको बजेट नै कटौती गरेर वडावासीलाई दुख दिने कार्यको विरुद्धमा आफुले अनशन बसेको वडा अध्यक्ष देवकोटाले बताए ।

भीमदत्त नगरपालिका १८ खैरभट्टीका स्थानिय अर्जुन प्रसाद पाण्डेयले विगतका दिनमा पनि हामी जनताले दुख पायौ पिच सडक होईन अहिले ग्रोभेलका लागि पनि सास्ती खेपिरहेको बताए । सडकको बेस निर्माण गरेर अलपत्र छोडिएको प्रति सबै स्थानिय पनि एकजुट भएर अध्यक्षको साथमा रहेको उनले बताए ।

 

 

Himal dental
सम्बन्धित
Loading...