
महेन्द्रनगर । कैलालीको लम्की चुहा नगरपालिकाकी मेयर सुशीला शाहीले पत्रकार खेम ढुङ्गानालाई बन्धकलाई बन्धक बनाएकी छन् । आइतबार रिपोर्टिङको क्रममा लम्कीचुहा पुगेका थिए ।
मेयर शाहीले आफ्नो निजी निवास निर्माण गर्न नगरपालिकाका सवारीसाधन प्रयोग गरिरहेको बारेमा रिपोर्टिङ गर्न थालेपछि आफूलाई केही घण्टा नियन्त्रणमा लिएको पत्रकार ढुङ्गानाले बताए ।

नगर प्रमुख शाहीले आफूलाई नजिकैको होटेलमा लगेर मोबाइल र आफूलाई नियन्त्रणमा लिएर खिचेका सबै तस्वीर तथा भिडिओ डिलिट गर्न लगाएको आरोप ढुङ्गानाले लगाएका छन् । मेयर शाहीसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्विच अफ छ ।
यसैबीच ढुङ्गानालाई समाचार संकलन गरिरहेका वेला मेयर शाहीले गरेको व्यवहारप्रति प्रेस चौतारी कैलालीले विरोध जनाएको छ ।
सचिव जनक बिष्टले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।
