ghar sansar

अष्ट्रेलियन राजदूत भल्क दोधारा चाँदनी पुगिन्, मानव बेचबिखनको अवस्थाबारे जानकारी लिएर फर्किन्

khasi

महेन्द्रगर । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भल्क बिहीबार दोधारा चाँदनी नगरपालिका पुगेकी छन् । उनले दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधिसित मानव तस्करी रोकथामको अवस्थाबारे जानकारी लिएकी छन् ।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टलाई साथ लिएकी उनले दोधारा चाँदनीमा मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी सहित वडा अध्यक्ष बिक्रम चन्द, पदम रावल, केशव खत्रीसित भेटघाट गरी छलफल गरेकी छन् ।

dirghayi clinic

राजदूत सहितको टोलीले महाकालीमा निमार्णधिन ४ लेनको पक्की पुल, सुख्खा बन्दरगाह क्षेत्र, महाकाली नदीको झोलुङ्गे पुल लगायतका स्थानमा निरीक्षण गरेका छन् ।

देधारा चाँदनीका मेयर लिम्बुले भारतसंग जोडिएका उत्तरप्रदेश र उत्तराखण्डको खुला सिमाना र मानव बेचबिखन तथा तस्करीको उच्च जोखिमको रहेको राजदूत भल्कलाई जानकारी गराए । पश्चिमी सीमा नाका गड्डाचौकीमा सुरक्षाका कारण मानव तस्करहरुले दोधारा चाँदनीको बाटो प्रयोग गर्दै आएको उनको भनाई थियो ।

छलफलमा राजदूत भल्कले मानव बेचबिखन रोकथामका लागि आफूले सक्दो सहयोग गर्ने बताइन् ।

Himal dental
सम्बन्धित
Loading...