ghar sansar

बसको ठक्करबाट विद्यार्थीको मृत्यु, राजमार्ग बन्द

महेन्द्रनगर । पूर्व पश्चिम राजमार्गको सुडा खण्डमा शुक्रबार विहान बसेको ठक्करबाट विद्यार्थीको ज्यान गएको छ । बेदकोट नगरपालिका ६ सिसैयाका २१ वर्षिय कविराज वैजको विहान मृत्यु भएको छ ।

कञ्चन विद्या मन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत वैजलाई विहान क्याम्पस आउने क्रममा महेन्द्रनगरबाट दार्चुला गई रहेको ना ६ ख ६५२१ बसले विहान ७ : ०० बजे ठक्कर दिएको हो । बसको ठक्करबाट गम्भीर घाइते वैजलाई अस्पताल पुगाइएका उनलाई मृत घोषणा गरिएको छ ।

lotus institite
daimond public

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले साइकल चढेर क्याम्पस आउने क्रममा ठक्कर दिएको बताए ।

कविराजको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । दुर्घटनापछि बस सहित चालक पक्राउ गरिएको छ ।

बैतडीको सुर्नया गाउँपालिकाका वस चालक सन्तोष ऐरीलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ । वैजको मृत्युपछि स्थानीयले राजमार्ग बन्द गराएका छन् ।

Himal dental
सम्बन्धित
Loading...