ghar sansar

बेदकोटको सुन्दरपुरस्थित स्वास्थ्य चौकीकी परिचर तीन दिनदेखि वेपत्ता, खोजीका लागि प्रहरीमा निवेदन

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत एक जना महिला परिचर तीन दिनदेखि बेपत्ता भएकी छन् ।

dirghayi clinic

करिब २० वर्षीया जानकी विष्ट बुधबार दिउँसोबाट परिवारको सम्पर्कमा नआएकी हुन् । दुई दिनसम्म माइती पक्ष र इष्टमित्रको घरमा खोजि गर्दा पनि नभेटिएको परिवारका सदस्यले बताए ।

उनीहरुले शुक्रबार खोजिका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको वडा अध्यक्ष जनक विष्टले बताए। ‘हराउनु भन्दा केही दिन अघि विष्ट दम्पत्तिलाई सँगै राखेर छलफल चलाए,’ उनले भने, ‘दुबै जनाबीच के समस्या हो भन्ने पत्तो लागेन्, अहिले हराएको खबर पाएको छु ।’

विष्टका श्रीमान सुन्दरपुरस्थित अनमोल क्रसरमा गाडी चालक छन्।

Himal dental
सम्बन्धित
Loading...