
बैजनाथ आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सव, विद्यालयको विकासका लागि पहल गर्ने निवर्तमान साँसद धामीको प्रतिवद्धता

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटास्थित बैजनाथ आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार मनाईएको छ ।
वार्षिकोत्सव समारोह विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रिउने ठगुन्नाको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि निवर्तमान प्रतिनिधि सभाका सांसद नर बहादुर धामी थिए ।


कार्यक्रमा बोल्दै सांसद धामीले विद्यालयको चौतर्फी विकासका लागि सक्दो पहल गर्नु बताए । सांसद रहेका बेला विद्यालय लगायत यस क्षेत्रको विकासमा कटिवद्ध रहेर कार्य गरेको चर्चा गर्दै उनले विद्यालयको गुणस्तरमा बृद्धि गरी नगरपालिका क्षेत्रकै नमूना विद्यालय बनाउन सघाउने शिक्षक, अभिभावकको सह्राना गरे । कार्यक्रमका बिशिष्ट अतिथि वडा अध्यक्ष बहादुर सिंह महराले विद्यालयमा भौतिक पूर्वाधारको कार्य भैरहेको बताए ।


नीजि दुई जना शिक्षकको तलव वडाकै पहलमा व्यहोर्दै आएको चर्चा गर्दै उनले विद्यार्थीलाई शुद्ध पेयजल उपलव्ध गराउनका लागि अटोमेटिक बारिङ जडानको कार्य अन्तिम चरणमा पुगेको बताए ।
नमूना विद्यालय बनाई छाडने उनको अठोट थियो । कार्यक्रममा विद्यालयको गतिविधि बारे प्रद्यानाअध्यापक अमर सिंह महराले प्रकास पार्नु भएको थियो । विद्यालयका जेहन्दार, खेलकुदमा उत्कृष्ट विद्यार्थीलाई पुरुस्कार तथा प्रशंसा पत्र वितरण गरिएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, सञ्चारकर्मी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पूर्व पदाधिकारी, शिक्षक, बिद्यार्थी लगायतको सहभागी भएका छन् ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक मदन सिंह ठगुन्ना र भागरथी ग्वाईलाले गरे ।
