ghar sansar

सुदूरपश्चिमको मुख्यमन्त्री बनाउन सहयोग माग्दै माओवादीका प्रदेश इन्चार्ज खगराज भट्ट एमाले इन्चार्जको निवासमा

khasi

महेन्द्रनगर । सुदूरपश्चिमको मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका प्रदेश इन्चार्जले एमालेसँग सहयोग मागेका छन् । माओवादीका प्रदेश इन्चार्ज तथा प्रदेश सभाका सदस्य खगराज भट्टले आफूलाई मुख्यमन्त्री बन्ने वातावरण बनाउन सहयोग मागेका हुन् ।

dirhayu

उनले बुधबार एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको निवासमै पुगेर आफूलाई मुख्मन्त्रीमा एमालेले सहयोग गर्न आग्रह गरे ।

western public academy

काठमाडौंस्थित लेखराज भट्टको निवासमा भएको भेटवार्ता माओवादीका तर्फबाट यस्तो आग्रह गरिएको उनको सचिवालयले जनाएको छ ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति, राप्रपा लगायतको नयाँ गठबन्धन केन्द्रमा बनेपछि सुदूरपश्चिममा सरकारको नेतृत्व माओवादीले पाउने बलियो सम्भावना देखिएको छ ।

Himal dental
सम्बन्धित
Loading...