ghar sansar

सुदूरपश्चिम प्रदेश सभामा एकीकृत समाजवादीको दलको नेतामा सोडारी, उप नेतामा रावल चयन

महेन्द्रनगर । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो ।

daimond public

सोडारी कैलाली निर्वाचन क्षेत्र ४ (१) को प्रदेश सभामा चार हजार ७६ मतको अन्तरले विजयी भएका सोडारी अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीसमेत छन् ।

lotus institite

धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा कन्चनपुरबाट निर्वाचित प्रकाश रावललाई दलको उपनेता, बाजुराबाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र माया पन्तलाई सचेतक तोकेको छ ।

Himal dental
सम्बन्धित
Loading...