ghar sansar

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा रावल

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रगर । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्। एमालेका पोलिटव्युरो सदस्य तथा सुदूरपश्चिमका सह–इन्चार्जसमेत रहेका रावललाई आज बसेको दलको बैठकले संसदीय दलको नेतामा चयन गरेको हो ।

जिल्ला विकास समिति कञ्चनपुरका पूर्व उपसभापतिसमेत रहेका नेता रावल एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र मानिन्छन।
यस्तै बैठकले संसदीय दलको उप नेतामा सन्तोष शर्मा थापालाई चयन गरेको छ।
सुदूरपश्चिमका १० जना प्रदेशसभा सदस्यको उपस्थितिमा दलको नेता र उपनेता चयन गरिएको हो। एमाले केन्द्रिय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो।

Himal dental
सम्बन्धित
Loading...