ghar sansar

ओम बिक्रम भाटको अडानले सत्तारुढ माओवादीमा सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता सर्वसम्मत बनाउन अवरोध, सहमतिको प्रयास जारी

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ ।​ शनिवार दिउँसो ४ः३० बजे शुरु भएको संसदीय दलको बैठक अहिलेसम्म पनि जारी छ। संसदीय दलको नेता छनोटमा सहमति जुट्न नसक्दा बैठक लम्बिएको हो ।

daimond public

अहिले माओवादीमा प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्ट र केन्द्रीय सदस्य ओमविक्रम भाट (सरल) ले दलको नेतामा दाबी गरिरहेका छन्। सरलले सर्वसम्मत नेता चयन नहुने संकेत गर्दै निर्वाचनको अड्डी कसिरहेको बताइएको छ ।

lotus institite

अहिले पनि उनीहरूबीच सहमति जुट्न सकेको छैन । सहमतिको प्रयास भइरहेको जनाइएको छ। सुदूरपश्चिम प्रदेशमा माओवादीका ११ जना सांसद छन् ।

 

Himal dental
सम्बन्धित
Loading...