

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् ।
आइतबार विहान बसेको संसदीय दलको नेतामा भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको हो। माओवादीको नेतृत्वमा सरकार बनाउने पहल गर्ने जिम्मा पनि बैठकले भट्टलाई दिएको छ ।


भट्ट स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन्। यसअघि हिजोको बैठकमा सहमति हुन नसकेपछि आज दोस्रो दिन बैठक बसेको थियो । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने आजको बैठकले चयन गरेको छैन ।
पुस्तान्तरणको माग गर्दै दलको नेतामा दाबी गरिरहेका अर्का नेता तथा केन्द्रीय सदस्यसमेत रहेका ओमबिक्रम भाट सरलले अन्तिम समयमा भट्टलाई समर्थन गरेका थिए ।
यसअघि शनिबार बसेको दलको बैठकमा भने दुवै नेताले दाबी नछाड्दा सहमति हुन सकेको थिएन । दलको नेतामा चयन भएका भट्ट डडेल्धुराको प्रदेशसभा (१) बाट निर्वाचित भएका थिए ।
