गृह मन्त्री विरुद्ध खनिए सोडारी, भन्छन्– संघीयताका लागि गृहमन्त्री लामिछाने नै खतरा हुन्

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता तथा प्रदेश सभा सदस्य दीर्घ बहादुर सोडारीले संघीयता खतरामा रहेको दाबी गरेका छन् । सुदूरपश्चिम प्रदेशसभाको सोमबार बसेको पहिलो बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले संघीयतामाथि प्रश्न उठ्दै गर्दा वर्तमान सरकारका गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेबाटै प्रणाली जोगाउनुपर्ने बताए ।

janjyoti campus

सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्रीसमेत रहेका उनले हजारौँ नेपालीको बलिदानबाट आएको प्रणाली नमान्नेहरू नै देशको नेतृत्वमा हुँदा संघीयता खतरामा रहेको दाबी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले संघीयता नस्वीकारेकै कारण प्रदेशको चुनावमा उम्मेदवार नउठाएको पनि उनले बताए ।

ghar sansar
सम्बन्धित
Loading...