ghar sansar

काँग्रेस सुदूरपिश्चम संसदीय दलको बैठक निष्कर्ष विहीन, संसदीय दलको प्रमुखमा सभापति देउवाका भतिजा सहित ६ जनाको दावी

dirghayu ad

महेन्द्रनगर । नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक निष्कर्षविहीन बनेको छ । प्रदेशमा संसदीय दलको नेताका लागि प्रदेश सभामा निर्वाचित ६ जनाले दाबी गरेपछि बैठक निष्कर्षविहीन भएको हो ।

काँग्रेस प्रदेश सभापति वीरबहादुर बलायर प्रदेश बाहिर भए पनि उपसभापति लोकराज अवस्थीको अध्यक्षतामा बैठक बसेको थियो ।

ratnam malkhad

संसदीय दलको नेतामा अछामका मेघराज खड्का, कञ्चनपुरका बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कैलालीका प्रकाश देउवा, कमल शाह र बैतडीका शिवराज भट्टले दाबी गरेका छन् ।

दलको नेता चयन गर्न अझै केही दिन लाग्ने प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य मेघराज खडकाले बताए।

Himal dental
सम्बन्धित
Loading...