महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिह रावलले पद तथा गोपनियताको शपथ लिएका छन् । सुदूरपश्चिम प्रदेश प्रमुख देबराज जोशी अपरान्ह मुख्यमन्त्री रावललाई शपथ खुवाएका छन् ।
एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावल बुधबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेका छन् ।