
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका नव नियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले जनताको नाममा पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार अपरान्ह उनलाई प्रमुख प्रमुख देबराज जोशीले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
रावल बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रमुख प्रमुख जोशीले शपथ ग्रहण गराउँदा शपथको व्यहोरामा उल्लेखित ईश्वरको नाममा भन्ने शब्दावलीको सट्टा मुख्यमन्त्री रावलले जनताको नाममा भनेका हुन् । भौतिकवादमा विश्वास गर्ने भएकाले ईश्वरको नाम आएपछि मुख्यमन्त्री रावलले त्यसका सट्टामा जनताको नाममा भनेका छन् ।

विद्यार्थी जीवनदेखि कम्युनिष्ट राजनीतिमा लागेका रावल लामो समय पार्टी राजनीतिमा सक्रिय भएर एमाले मुख्यमन्त्री भएका छन् ।
एमालेको सुदूरपश्चिम प्रदेश सह इन्चार्ज उनी पोलिटब्युरो सदस्य हुन् । २०५४ मा तत्कादिन जिल्ला विकास समितिको उप सभापति भएका उनी त्यसपछि पहिलो पटक राजकीय जिम्मेवारीमा पुगेका छन् ।
