ghar sansar

पोखरा विमान दुर्घटनामा महेन्द्रनगरका व्यवसायी भट्टले गुमाए पत्नि र छोरा, शोकमा भट्ट परिवार

महेन्द्रनगर । पोखरामा आइतबार भएको जहाज दुर्घटनामा महेन्द्रनगरका व्यवसायी सञ्जीवचन्द्र भट्टकी धर्मपत्नि र छोराले पनि ज्यान गुमाएका छन् । काठमाडौंमा पोखरा आएका भट्टकी धर्मपत्नि सुष्मा पाण्डेय भट्ट र कान्छा स्लक दुर्घटनामा परेका हुन् । उनीहरु आइतबार बिहान घुम्नका लागि यती एयरलाइन्सको जहाजमा पोखरा उडेका थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी रामदत्त जोशी व्यवसायी भट्टका बहिनी ज्वाँई हुन् । उनको केही दिनअघि मात्रै नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा सरुवा भएको थियो ।

lotus institite

व्यवसायी भट्ट बहिनी ज्वाइँको निम्तोमा घुम्नका लागि पुस २८ मा पोखरा पुगेका थिए । जोशीले घुम्नुका साथै माघी मनाउन उनीहरुलाई पनि पोखरा बोलाएको भट्टका भाई पदम पाठकले बताए ।

daimond public

‘माघी मनाएर पोखराबाटसँगै काठमाडौं फर्किने योजना थियो,’ पाठकले भने, ‘भाउजु र भतिजाहरु काठमाडौंमै बस्छन्, दाई पनि त्यहाँबाट पोखरा जानु भएको थियो ।’

उनका अनुसार व्यवसायी भट्ट पुस ५ मा महेन्द्रनगरबाट काठमाडौं गएका थिए। उनका दुई छोरी र दुई छोरा छन् । कान्छा छोरा दुर्घटनामा परेका हुन् । उनी काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजमा ११ कक्षामा अध्ययनरत थिए ।

भट्टकी जेठी छोरी चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत छिन् । अर्की छोरी आइटी इन्जिनियर हुन्। उनी काठमाडौंमै काम गर्छिन् ।

भट्ट महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी हुन्। उनको महेन्दनगर बजारमा पशुपती इम्पोरियम छ। उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले यो दुःखद घटनाले मर्माहत भएको र यस क्षेत्रका उद्योगी व्यवसायी ठूलो शोकमा परेको बताए ।

Himal dental
सम्बन्धित
Loading...