महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभामुख भीम बहादुर भण्डारीले पद तथा गोपनियताको सपथ लिएका छन्। सपथ ग्रहणसँगै उनले पदभार ग्रहण गरेका हुन् ।
प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाए लगत्तै प्रदेशसभा पुगेर उनले पदभार सम्हालेका छन्। पदभार सम्हाले लगत्तै उनले सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धि छलफल हुनेछ। भण्डारीले आजै उपसभामुखको निर्वाचन गर्ने तयारी गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।