ghar sansar

नागररिक उन्मुक्तिले अस्वीकार गरेपछि सुदूरपश्चिममा एमालेका चौधरी उप सभामुख

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सभाको उप सभामुखमा नेकपा एमालेकी कोइलीदेवी चौधरी निर्वाचित भएकी छन् । मंगलबार बेलुका प्रदेश सभामा भएको मतविभाजनमा चौधरीको पक्षमा बहुमत आएसंगै उनी उपसभामुखमा निर्वाचित भएकी हुन ।

उपसभामुख चयनका लागि भएको मतविभाजनमा उनको पक्षमा २८ मत खसेको थियो भने विपक्षमा २३ मत खसेको थियो। मतविभाजनमा ५१ जना सांसदले भाग लिएका थिए । एमालेकी चौधरीले प्रदेश सभामा तत्काल कायम प्रदेश सभा सदस्यको बहुमत प्राप्त गरेकोले उपसभामुखमा निर्वाचित भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे ।

चौधरीको पक्षमा सत्तारुढ नेकपा एमाले, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले मतदान गरेका थिए । यसअघि नेकपा एकीकृत समाजवादीकी उपसभामुखकी उम्मेदवार माया पन्तको पक्ष÷विपक्षमा भएको मत विभाजनमा उनको पक्षमा बहुमत नजुट्दा प्रस्ताव अस्विकृत भएको थियो । उनको पक्षमा २४ र विपक्षमा २८ मत खसेको थियो । मतविभाजनमा ५२ जना सांसदले भाग लिएका थिए ।

dirghayi clinic

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १९, नेकपा एकीकृत समाजवादी ४ र एक स्वतन्त्र सांसद प्रतिपक्षमा छन् । नेकपा माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपा १ गरेर सत्तारुढ गठबन्धनका पक्षमा २९ सांसद छन् । सत्तारुढ गठबन्धनको भागबण्डामा सुदूरपश्चिम प्रदेश सभाको उपसभामुख नागरिक उन्मुक्तिको भागमा परेको थियो ।

तर रेशम चौधरी लगायत कैदीबन्दी रिहाइ नभएको भन्दै नागरिक उन्मुक्तिले उपसभामुखमा उम्मेदवार नउठाएर छोड्ने निर्णय गरेको थियो ।

सुदूरपश्चिमा नागरिक उन्मुक्तिले लिएन उप सभामुख, एमालेकी चौधरी भइन् उप सभामुख सत्ता साझेदार दलहरुको भागबण्डामा नागरिक उन्मुक्तिको भागमा परेको उपसभामुख छोडेपछि एमालेले कोइलीदेवी चौधरीलाई उम्मेदवार बनाएको थियो। उनी कैलालीबाट समानुपातिक कोटामा प्रदेश सांसद चुनिएकी थिइन् ।

यो संगै सुदूरपश्चिम प्रदेश सभाले लामो रस्साकस्सी पछि सभामुख र उपसभामुख पाएको छ । यसअघि मंगलबार बिहान तेस्रो पटक भएको सभामुखको मतविभाजनमा माओवादी केन्द्रका भीमबहादुर भण्डारीले बहुमत पाएका थिए ।

यसअघि २८ र ३० गतेको मतविभाजनमा कांग्रेसका मानबहादुर रावल र माओवादीका भीमबहादुर भण्डारी दुवैले बहुमत पाएका थिएनन् ।

Himal dental
सम्बन्धित
Loading...