मन्त्रि मण्डल विस्तार र विश्वासको मतमा शीर्ष नेतासित छलफल गर्न मुख्यमन्त्री रावल काठमाडौं प्रस्थान

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुन नसकेपछि मुख्यमन्त्री राजेन्द्र सिह रावल विना विभागीय मन्त्री सहित लिएर काठमाडौं हिँडेका छन् । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भएपछि मुख्यमन्त्री रावल बिहीबार मन्त्रिमण्डल विस्तारको गाठो फकाुउन विना विभागीय मन्त्री खगराज भट्टलाई लिएर काठमाडौं गएका हुन् ।

मुख्यमन्त्री रावलले अझै विश्वासको मत लिएका छैन् । विश्वास मत र मन्त्री मण्डल विस्तारको अप्ठेरो छलफल गरी हल खोज्न उनीहरु काठमाठौं हिँडेका छन् । काठमाडौंमा उनीहरुले सत्तारुढ दलका नेतासित छलफल गर्ने योजना बनाएका छन् ।

janjyoti campus

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग प्रदेशको मन्त्रीमण्डले छलफल गर्ने कार्यक्रम छ । प्रदेशका मुख्यमन्त्री रावलले रेशम चौधरीसँग विश्वासको मतको विषयमा छलफल गर्ने भएका हुन्। उनले नागरिक उन्मुक्ति पार्टीसँग विश्वासको मत माग्नेछन् ।

नागरिक उन्मुक्तिको सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गरेको छ । आफ्ना माग पूरा नभएको भन्दै नागरिक उन्मुक्तिले विश्वासको मत नदिए प्रदेश सरकार संकटमा देखिन्छ । प्रदेश सरकार र नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरु बिचमा असमझदारी बढेको अनुमान गरिएको थियो ।

ghar sansar
सम्बन्धित
Loading...