ghar sansar

लिटिल बुद्धमा विद्यार्थीको प्रतिभा खोजीका लागि दुई दिने कार्यक्रम सुरु,विज्ञान सामाग्रीको प्रदर्शनी सहित विभिन्न कार्यक्रम

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ भाँसीस्थित लिटिल बुद्ध एकेडेमी उच्च माध्यमिक विद्यालयले विद्यार्थीहरुको प्रतिभा खोजीका लागि दुई कार्यक्रम सुरु गरेको छ ।

शुक्रबारदेखि सुरु कार्यक्रममा विद्याथीले बनाएका विज्ञानका विभिन्न सामग्री, फुड स्टल, कागजबाट निर्मित हस्तकलाका सामाग्री प्रदर्शनी र कल्चरल नृत्य लगायतका कार्यक्रम समावेश गरिएका छन् ।

lotus institite

विद्यालयका प्रिन्सिपल श्यामसिंह मौनीले विद्यार्थीहरुको अन्र्तनिहित प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले कार्यक्रमको गरिएको बताए । ‘विद्यार्थीहरुलाई कक्षाकोठाको ज्ञान मात्रै नभएर उनिहरुमा रहेको भित्री सिप, कला, तथा क्षमताको पहिचान गर्ने र उनिहरुलाई प्रोत्साहन गर्ने टिम कार्य गर्न सिकाउने र हौसला प्रदान गर्ने उद्देश्य रहेको छ’ उनले भने ।

विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरुस्कारको व्यवस्था गरिएको छ । फुड स्टलबाट आम्दानी हुने रकमलाई सामाजिक उत्तरदायित्व कार्य अन्र्तगत अनाथालय र वृद्धाश्रमलाई सहयोग गरिने भएको छ ।

daimond public

२०६३ मा नर्सरी देखी कक्षा ८ सम्म पठनपाठन सुरु गरेको विद्यालय २०६५ मा कक्षा १० सम्म पठपानठन सुरु गरी २०६९ देखि कक्षा ११ का कक्षा सुरु गरेको थियो । विद्यालयमा दुई हजार ७ सय विद्यार्थी अध्ययनरत छन् । लिटिल बुद्धले २०७७ र २०७८ मा उत्कृष्ठ मावि पुरस्कार हात पारेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिह खातीको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य बहादुर सिहं थापा प्रमुख अतिथि थिए ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका सह प्राध्यापक श्यामसुन्दर ढकाल, सुदुूरपश्चिम विश्वविद्यालयका पूर्व डिन डा. टेकराज पन्त, नव प्रतिभा बोडिङ्ग स्कुलका प्राधानाध्यापक बिर बहादुर चन्द विशिष्ठ अतिथि थिए । विद्यालयका शिक्षक घनश्याम भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...