तिलकपुरको बैजनाथ माविले ल्यायो कृषि पशु विज्ञान संकायमा उत्कृष्ठ नतिजा, सुदूरपश्चिममा तेस्रो स्थान हासिल

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ तिलकपुरस्थित बैजनाथ माध्यमिक विद्यालयको कृषि पशु विज्ञान संकाय प्रथम वर्षको अन्तिम परीक्षामा दुई जना बाहेक सबै उत्तीर्ण भएका छन् ।

अन्तिम परीक्षामा सहभागी १४ मध्ये १२ विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण विद्यार्थीको यो ८५ दशमलव ७१ प्रतिशत हो । परीक्षमा सहभागी दुई जना अनुत्तीर्ण भएका छन् ।

janjyoti campus

विद्यालयका प्रधानाध्यापक मदन बहादुर विष्टले प्रथम वर्षको अन्तिम परीक्षामा ८५ दशमलव ७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएर विद्यालयले सुदूरपश्चिममा तेस्रो स्थान बनाएको बताए ।

‘सुदूरपश्चिममा तेस्रो स्थानमा हात पारेका छौ, यसले हामीलाई प्राविधिक शिक्षा अध्यययन अध्यापनका लागि प्रोत्साहन मिलेको छ’ उनले भने ।

बैजनाथ माविले २०७५ देखि विद्यालयमा कृषि पशु विज्ञानको पठनपाठन सुरु गरेको हो । सुरुमा प्राविधिक एसएलसी तहको पठनपाठनबाट प्राविधिक विषय सुरु गरेको विद्यालयले दुई वर्षदेखि तीन वर्षे कृषि पशु विज्ञान संकायमा अध्यापन गर्दै आएको छ ।

विद्यालयका प्रधानाध्याक विष्टले उत्तीर्ण सबै विद्यार्थीलाई बधाई दिदैं सबै शिक्षक कर्मचारीलाई धन्यवाद दिएका छन् ।

‘परीक्षामा उत्तीर्ण हुनु भएकोमा सम्पुर्ण बिद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई एवम् संयोजक , शिक्षक र प्रशिक्षकज्यूहरुलाई हार्दिक धन्यवाद दिँदै उज्ज्वल भविष्यको शुभकामना साथै बिद्यालयको शैक्षिक गुणस्तर सुधार भौतिक व्यवस्थापन लगायतका पक्षमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौ’ प्रधानाध्यापक विष्टले भने ।

 

ghar sansar
सम्बन्धित
Loading...