ghar sansar

दोधारा चाँदनीमा विषादी खुवाएर गाईको हत्या, संलग्नलाई खोजी गरी कारवाही गर्न माग

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा विषादी खुवाएर मरेको गाई भेटिएको छ । दोधारा चाँदनी नगरपालिका १ मा सडकमा मरेको शनिबार मरेको गाई भेटिएपछि सामाजिक सञ्जाल फेसबुकमा हत्या गरिएको भन्दै व्यापक विरोध भएको छ ।

सामाजिक सञ्जालमा गाईलाई विषादी खुवाएर हत्या गर्नेलाई पत्ता लगाएर कारवाही गर्न माग गरिएको छ । मरेको गाईको तस्बिर फेसबुकमा राखेर छाडा पशु चौपाया व्यवस्थापन हुन नसकेर गाईलाई विषादी खुवाएर मार्न थालिएको भन्दै असन्तुष्टि पोखिएका छन् ।

राष्ट्रिय युवा संघका दोधारा चाँदनी नगर अध्यक्ष किशोर आग्रीले गहुँ बाली खाएपछि गाईलाई विष खुवाएर मारेकोमा चिन्ता व्यक्त गर्दै त्यसरी जोगाएका अन्नबाली विष भएर गौमाता हत्या गर्ने पनि नर्क पुग्नु आक्रोश पोखेका छन् ।

dirghayi clinic

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले स्थानीय तह निर्वाचन जितेपछि छाडा पशु चौपाया व्यवस्थापन नभएसम्म मतदाताको घरदैलोमा नजाने घोषणा गरेका थिए ।

आफ्नो घोषणा पत्र अनुसार नगरपालिकाका केही स्थानमा तारबार लगाएर गाई गोरु राखे पनि छाडा पशु चौपाया समस्या नियन्त्रण हुन सकेको छैन । दोधारा चाँदनीमा वडा स्तरमा नै चौपाया व्यवस्थापन गरिएका छन् ।

मेयर लिम्बु जनप्रतिनिधि र कर्मचारीलाई लिएर ८ दिने भ्रमणमा निस्केपछि विषादी खुवाएर मारेको गाई भेटिएको छ । उनी उत्कृष्ठ नगरपालिकाकासित अनुभव आदानप्रदान गर्न जनप्रतिनिधि र कर्मचारी बोकेर भ्रमणमा निस्केका छन् ।

Himal dental
सम्बन्धित
Loading...