ghar sansar

दोधारा चाँदनी र धरानका मेयरबीच अनुभव साटासाट, दोधारा चाँदनी आउन मेयर साम्पाङलाई निम्तो

little buddha academy
khasi

दोधारा । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (सम्पाङ) लाई दोधारा चाँदनीमा मेयर किशोर लिम्बु सहितको अवलोकन भ्रमणमा निस्किएको टोली धरान पुगेको छ । धरानमा टोलीले बुधबार धरान उप महानगरपालिकाका मेयर हर्कराज राई (सम्पाङ) लगायत जनप्रतिनिधिसित अनुभव आदानप्रदान गरेका छन् ।

श्रम संस्कृतिको क्रान्तिको सूवात, खानेपानीको मूहान थप्ने, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता, सरसफाईमा देखिने सुधार, प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा सुधारमा ल्याएको काम, बाटो मर्मत संभार तथा तटबन्धन, विपद व्यवस्थापन, लागु औषध विरुद्धको अभियान, पालिकाका सेवामा तिव्रता र प्रष्टता, शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधारमा धरान उपमहानगरपालिकाले आफुले गर्दै गरेको कार्यको बारेमा मेयर हर्कराज राई (सम्पाङ) ले दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु सहितको टोलीलाई आफ्नो अनुभव बताएका छन् । भ्रमण टोलीलाई धरान उपमहानगरपालिकाले भब्यरुपमा स्वागत गरिएको छ ।

,orning glory badhai
dirghayi clinic

दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुले महाकाली नदीको पारिको टापुको रुपमा रहेको दोधारा चाँदनी नगरपालिका विकासको दृष्टिकोणले निकै सम्भावना बोकेको पालिका रहेको बताउँदै धरानका मेयर सम्पाङलाई दोधारा चाँदनी आउन निम्तो दिएका छन् ।

दोधारा चाँदनी नगरपालिकामा निमार्ण हुँदै गरेको सुख्खा बन्दरगाह, ४ लेनको पक्की पुल, एसियाको दोस्रो लामो महाकाली झोलुङ्गे पुल, दुई नदीको टापु, भारतको दुई प्रान्तसंग गाँसिएको पालिका लगायत सम्भावना र अनुभव साटासाटा गरिएको छ ।

कार्यक्रममा धरानका मेयर सम्पाङ) र लिम्बुले मायाको चियो साटासाट गरेका छन् । दोधारा चाँदनीमा मेयर किशोर लिम्बु लगाएत अवलोकन भ्रमण टोलीले हिजो भरतपुर महानगरपालिकामा पुगेर त्यहाँका जनप्रतिनिधिसंग भेटघाट गरी अनुभव साटासाट गरेका थिए । केही नयाँ अनुभव र ज्ञान सिक्ने उद्देश्यले नेपालका केही उत्कृष्ट नगरपालिकाको भ्रमणमा दोधारा चाँदनीका मेयर निस्किएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...