
महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष लक्ष्मण तिवारीका आमा सोमवती तिवारीको मंगलबार राति अमेरिकामा निधन भएको छ ।
काठमाडौंबाट तीन दिन अघि अमेरिका उडेकी ५८ वर्षिया तिवारीको विमानस्थलमा ओर्लिएको केही समयपछि हृदयघात भएर निधन भएको हो ।

कान्छा छोरा आनन्दको विहेका लागि उनी श्रीमान राम सिह तिवारीका साथ अमेरिका गएकी हुन् । छोरालाई भेटन नपाउँदै उनले विमानस्थलमा प्राण त्यागेकी छन् । आमा बुवा अमेरिका पुगेपछि आनन्द उनीहरुलाई लैजान विमानस्थल पुगेका थिए ।
उनको निधनपछि तिवारी परिवार शोकमा डुबेको छ । तिवारी दम्पत्ति अमेरिकामा छोराको विहे गरेपछि बैशाखमा मात्रै फर्किने सोच बनाएर अमेरिका गएका थिए ।
उनीहरु छोरा विहेपछि क्यानडामा रहेकी छोरीको घर जाने योजना थियो । स्वर्गिय तिवारीको शवलाई अस्पतालमा राखिएको छ । अमेरिकामा नै उनको दाहसंस्कार गरिनेछ ।
