ghar sansar

पुनर्वास उद्योग वाणिाज्य संघको चौथो वार्षिक साधारण सभा, मेयर शर्माले गरे उद्घाटन

khasi

महेन्द्रनगर । पुनर्वास उधोग वाणिाज्य संघ पुनर्वासको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण बहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्मा प्रमुख अतिथि थिए ।

कार्यक्रममा उप मेयर भूलिया कुमारी राना, पूर्व मेयर जीवन राज थापा, पूर्व उप मेयर शारदा विष्ट धामी, पुनर्वास उद्योग वाणिज्य संघ संस्थापक अध्यक्ष बिश्वनाथ बिष्ट, निवर्तमान अध्यक्ष विरवल विश्वकर्मा, निवर्तमान वरिष्ठ उपाध्यक्ष भरत बहादुर बिष्ट, नेकपा माओवादीका राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमराज लामिछाने पुनर्वास नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मित्र सिंह लामा, वड़ा अध्यक्ष ५ का पुनर्वास पदम रोका, कृष्ण बहादुर तामाङ लगायतका सहभागी भएका छन् ।
साधारण सभामा चालु आर्थिक बर्ष ०७८÷०७९ को कुल २ लाख ८५ हजार ४१२ रूपैया बराबरको आयव्यय प्रस्तुत गरिएको छ ।

Anant bahu travels
dirghayi clinic

कार्यक्रममा संघका महासचिव लक्ष्मण थापाले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । निवर्तमान अध्यक्ष बिरबल बिस्वकर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन वरिष्ठ उपाध्यक्ष राजकुमार रायमाझी ले गरेका थिए ।

साधारणसभा ले चौथो कार्यकालका लागि पुनर्वास नगरपालिका प्रसासकिय अधिकृत धौलराम सार्की को संयोजकत्वमा ३ सदस्यीय समिति चयन गरि निर्वाचन को कार्यक्रम तय गरेको छ ।

संघको चौथो कार्यकाल अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष राजकुमार रायमाझी को बलियो दाबेदारी रहेको संघमा आबद्ध सदस्य हरूले बताएका छन । रायमाझी विगत दुई दशकदेखि संघको विभिन्न पदमा रहि वाणिाज्य संघमा सक्रिय हुँदै आएका छन ।

सकेसम्म सहमति कै आधारमा समिति बन्छ सहमति जुट्न नसके अन्तमा निर्वाचन प्रक्रियामा जान्छ वाणिाज्य उपाध्यक्ष राजन श्रेष्ठले बताए ।

Himal dental
सम्बन्धित
Loading...