ghar sansar

सुदूरपश्चिमका मुख्यमन्त्री र एमाले नेता रावलबीच धनगढी विमानस्थलमा भेटघाट, विश्वासको मत सम्बन्धी कुराकानी

dirghayu ad

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावल र एमाले नेता भीम रावलले बिहीबार धनगढी विमानस्थलमा विश्वास मत सम्बन्धी कुराकानी भएको छ । भेटमा नेता रावलले मुख्यमन्त्री रावलसँग विश्वासको मत लिनेबारे जिज्ञाशा राखेका छन्। मुख्यमन्त्री रावल आज काठमाडौँबाट धनगढी आइपुगेका छन् ।

सोही क्रममा नेता रावलसँग धनगढी विमानस्थलको विशिष्ट कक्षमा उनीहरुबीच भेटघाटपछि कुराकानी भएको छ । भेटघाट रावलले मुख्यमन्त्री रावलसँग विश्वासको मत कहिले लिदैँ हुनु हुन्छ ? भनेर प्रश्न गरेका थिए । त्यसको प्रतिउत्तरमा मुख्यमन्त्री रावलले गठबन्धनमा आबद्ध दलहरुसँगको छलफलपछि विश्वास मत लिने बताएका छन् ।

ratnam malkhad

यस्तै, उनले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको कुरा पनि प्रकट गरेका थिए। गृहजिल्ला अछाम पुगेर श्रीएयरलाइन्सको जहाजमार्फत काठमाडौँतर्फ फर्किरहेका रावलले मुख्यमन्त्रीसँग आफ्नो जिल्लाका समस्याका बारेमा समेत कुराकानी गरेका छन् ।

विशेषगरी बाढी पहिरो प्रभावितहरुका लागि राहतको विषयमा केन्द्रित भएर प्रदेश सरकारबाट गर्न सकिने कामका लागि अनुरोध गरेका थिए ।  ‘अघिल्लो वर्षको बाढीले अछाममा ठूलो क्षति भएको छ । त्यो क्षतिबारे जानकारी गराएर अघिल्लो सरकारसँग राहतका लागि अनुरोध गरिएको थियो,’ रावलले भने, ‘तर अहिलेसम्म समस्या सामाधान गर्न खासै पहल भएको छैन। तपाई आउनुभएको छ। यो कुरालाई प्राथमिकता दिनु होला ।’

जवाफमा मुख्यमन्त्री रावलले बुझेर आवश्यक पहलकदमी लिने बताएका थिए । नेकपा एमालेबाट २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले विश्वासको मत लिन बाँकी छ। उनले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।

उनी निर्णायक नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा सहभागी गराएर विश्वासको मत लिने मुडमा छन्। सोही योजनाअनुसार नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रका प्रदेशसभा सदस्यसहित मुख्यमन्त्री रावल काठमाडौं गएका थिए ।

Himal dental
सम्बन्धित
Loading...