महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीले तहगत प्रधानाध्यापक निर्णय कार्यान्वयनको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
भीमदत्त नगरपालिकाले गत वर्ष दरबन्दी शिक्षक दरबन्दी मिलान गरी तहगत प्रधानाध्यापक व्यवस्था गर्न विद्यालयलाई निर्देशन सहित पत्राचार गरेको थियो ।
नगरपालिकाले पत्राचार गरेको एक वर्षसमम तहगत प्रधानाध्यापक नियुक्त नभएपछि शिक्षक विद्यार्थीले दबावका लागि आन्दोलनमा उत्रिएका छन् । केही दिन अघि नगरपालिकाको निर्णय कार्यान्वयनका लागि नगरपालिकालाई मागपत्र पेश गरी उनीहरु आन्दोलन सुरु गरेका थिए । मागपत्र बुझाएर पेन डाउन गरी आन्दोलनमा गरिएका शिक्षक बुधबारदेखि तालाबन्दी गर्ने तयारीमा लागेका छन् ।
शिक्षक विद्यार्थीको माग अनुसार तहगत प्रधानाध्यापक नियुक्त हुन नसकेपछि तालाबन्दी गर्न बाध्य भएको शिक्षकहरुले बताए ।
शिक्षक दरबन्दी मिलानपछि विद्यालयका शिक्षक शिक्षक विनोद सिह प्रधानाध्यापक हुनु पर्ने उनीहरुको माग छ । विद्यालयमा हाल चन्द्रकला पन्त प्रधानाध्यापक छन् । पन्त लामो समयदेखि विद्यालयमा प्रधानाध्यापक छन् ।
विद्यालय व्यवस्थापन समितिसित शिक्षकहरुले यस अघि पनि तहगत प्रधानाध्यापक नियुक्त गर्न माग राखेका थिए । व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्तिका लागि हालका प्रधानाध्यापक पन्तसित छलफल समेत गरि सकेको छ ।