ghar sansar

जनमोर्चा महासचिव मनोज भट्टको सहकारीमा ठगीको जालो विमोचन

khasi

महेन्द्रनगर । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले लेखेको ‘सहकारीमा ठगीको जालो’ पुस्तक विमोचन गरिएको छ ।

आइतबार काठमाडौँको होटल हार्दिकमा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनाल, नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली, नेकपाका नेता देव गुरुङलगायतले पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकमा सहकारीमा देखिएको समस्याबारे चर्चा गरिएको छ। यससँगै सहकारी ठगीले आमनागरिकलाई पारेको असरबारे पनि पुस्तकमा उल्लेख गरिएको छ ।

अखिल नेपाल किसान महासंघ (अप्फा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरी, पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशव बडाल, पूर्वमुख्य सचिव लीलामणि पौडेल, संविधानविद् तथा सङ्कटग्रस्त सहकारी व्यवस्थापन समितिका पूर्वअध्यक्ष काशीराज दाहाल र सहकारी विज्ञ तथा राष्ट्रिय सहकारी महासंघका पूर्वमहाप्रबन्धक चित्रकुमारी थाम्सुहाङ सुब्बा, दिल्लीप्रसाद भट्टराई, डा. दिर्घसिंह बक, समीर सिंह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पुस्तकका लेखक मनोज भट्टकी छोरी प्राचीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

राष्ट्रियताको रक्षाका लागि वामपन्थी एकता अनिवार्य कार्यक्रममा आफ्ना धारणा राख्दै पूर्वप्रधानमन्त्री खनालले देशको राष्ट्रियता इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको भन्दै राष्ट्रियताको रक्षाका लागि वामपन्थी एकता अनिवार्य भएको बताए ।

dirghayi clinic

हाल वामपन्थी आन्दोलन कमजोर हुँदै गएको र सोही कारण देश संकटमा रहेकोले वामपन्थी एकता अनिवार्य देखिएको बताएका हुन् ।

‘अहिले वामपन्थी आन्दोलन धेरै कमजोर भयो। अहिले त न्यूनतम रुपमा एकताबद्ध भएर जाऔँ भन्ने संस्कृति पनि देखिएको छैन। त्यस हुनाले सबै वामपन्थीहरूको बीचमा एकता अनिवार्य छ,’ खनालले भने ।

वामपन्थी शक्ति कमजोर हुँदा देश अस्थिरता र अनिश्चितताको अवस्थामा पुगेको उनको दाबी छ । राष्ट्रिय मुद्दाहरू समाधान गर्न वामपन्थी शक्तिहरू एकता गर्नुपर्नेमा खनालले जोड दिए ।

‘अहिले एकदमै अस्थिरता अनि अनिश्चयताको अवस्थामा देश आइपुगेको छ,’ खनालले भने, ‘कम्युनिस्ट आन्दोलनले सुरुदेखि आफूलाई भन्दै हामी सबैभन्दा बढी देशभक्तिपूर्ण आन्दोलन हौँ भनेर आएको हो र साँचो कुरा पनि हो, तर हामी आफैँले एकपछि अर्का गलत कार्यहरू, गलत सम्झौताहरू गर्न पुग्यौँ, त्यसले गर्दाखेरि देशको राष्ट्रियता गम्भीर मोडमा उभिन पुगेको छ ।’

नीति, सिद्धान्त, आदर्श तथा वैचारिक–राजनीतिक दिशाका आधारमा वामपन्थी एकता गर्न उनले आह्वान गरे। तर एकता नेताहरूको टाउको जोडेर मात्रै गर्न नहुने उनको भनाइ छ ।

‘एकता भनेको नीतिको आधारमा, सिद्धान्तको आधारमा, आदर्शको आधारमा एउटा सही वैचारिक–राजनीतिक दिशाको आधारमा मात्र एकता बनायौँ भने त्यो दिगो हुन्छ,’ खनालले भने, वामपन्थी एकता भनेको टाउको जोडेर हुँदैन ।’

उनले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न विद्यमान नीति तथा कानुनमा संशोधन गर्नुपर्ने बताए। सहकारी क्षेत्रलाई बलियो बनाउन नयाँ नीतिगत तथा कानुनी आधार आवश्यक रहेको उनको भनाइ छ ।

Himal dental
सम्बन्धित
Loading...