ghar sansar

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिदैं, नाागरिक उन्मुक्ति सकारात्मक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिने तयारी गरेका छन् ।

सरकारलाई समर्थन दिएको नागरिक उन्मुक्तिले राखेका मागका काठमाडौं पुगेर शीर्ष नेतासम्म छलफल गरी विश्वास मत लिन लागेका हुन् । नागरिक उन्मुक्ति सहित माओवादी केन्द्र र राप्रपाको सथर्मनमा रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।

lotus institite

संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री नियुक्त भएको एक महिनजाभित्र उनले विश्वासको मत लिनु पर्नेछ । एक महिना पूरा हुन दुई दिन अगावै उनी विश्वास मत लिने तयारीमा लागेका छन् । मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयलाई जानकारी पनि गराएका छन् ।

मुख्यमन्त्री रावलले प्रदेशसभाको बैठक आह्वानका लागि प्रदेशसभा सचिवालयलाई आग्रह गरेको सभामुख भीमबहादुर भण्डारीले बताए। उनका अनुसार मुख्यमन्त्री रावलले बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गर्न आग्रह गरेका छन्। उनले आफू विश्वासको मत लिने तयारीमा रहेको जानकारी पनि दिएको भण्डारीले बताए ।

daimond public

उनले भने, ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पर्सि विश्वासको मत लिने भन्ने कुरा जानकारीमा आएको छ। क्याबिनेट बैठकको निर्णयसहित उहाँको पत्र पनि हामीलाई प्राप्त भएको छ । त्यहीअनुसार व्यवस्थापनमा लागेका छौँ ।’ रावल २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता रावलले २६ माघभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

मुख्यमन्त्री रावलले विश्वासको मत पाउने संकेत देखिएको छ। काठमाडौंमा शीर्ष नेता तथा प्रधानमन्त्रीसँगको भेट र नागरिक उन्मुक्ति लचक भएका कारण उनले विश्वासको मत पाउने संकेत देखिएको हो ।

सत्तारुढ गठबन्धनमा निर्णायक शक्ति रहेको नागरिक उन्मुक्ति पार्टीले पनि रेशम चौधरीको मुद्दामा अदालती प्रक्रिया अघि बढेपछि यहाँ लचकता देखाएको छ । सर्वोच्च अदालतले आइतबार रेशम चौधरीको मुद्दामा दुवै पक्षलाई बोलाउने आदेश गरेपछि नागरिक उन्मुक्ति सकारात्मक बनेको हो ।

नागरिक उन्मुक्तिले सर्वोच्चको फैसलापछि १३ वर्षअघिको आगजनी मुद्दामा कैलाली–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ गरेको विरोधमा घोषणा गरेका आन्दोलनका कार्यक्रमसमेत स्थगित गरेको छ । चौधरीको मुद्दामा पनि उच्च अदालतले प्रक्रिया अगाडि बढाएको छ ।

चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। हिजो उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश रिट दर्ता भएको थियो । न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले अर्को पक्षलाई पनि बोलाउन आदेश दिएको हो। अर्को पेसी २९ गतेलाई तोकिएको छ ।

Himal dental
सम्बन्धित
Loading...