
महेन्द्रनगर । कृष्णपुर नगरपालिकाको खार खोलामा पक्की पुल निर्माण गरिएको छ । कृष्णपुर नगरपालिका–१ दोमिल्लामा पक्की पुल निर्माण गरिएको हो।
यसअघि सो क्षेत्रमा पक्की पुल नहुँदा आवतजावतमा समस्या हुने गरेको थियो। अहिले पुल निर्माण भएर सञ्चालनमा आएपछि स्थानीय उत्साहित भएका छन् ।
