चुरेमा अवैध संरचना बनाउने उपभोक्ता समितिका अध्यक्ष आफैं जनप्रतिनिधि सहितको अवलोकनमा सहभागी

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र सरोकारवालाले बुधबार चुरेको ताराकोट क्षेत्रमा गरेको स्थलगत अवलोकनमा अवैध संरचना बनाउने उपभोक्ता समितिका अध्यक्ष प्रजापति नाथ आफैं सहभागी भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा सुदूरपश्चिम विपश्यना केन्द्रका लागि अवैध रुपमा पर्खाल लगायतका संरचना निर्माण गरिएका छन् । ती संरचना बनाउने समितिको अध्यक्षमा नाथ छन् । उनी भीमदत्त नगरपालिका ९ मटेनास्थित , बैजनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हुन् ।

janjyoti campus

सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षको हैसियतामा उनी जनप्रतिनिधिसंगै अवलोकनमा सहभागी भएका छन् । स्थलगत अवलोकनपछि उनी सहित सहभागी सबैले छलफल ती संरचना हटाउन सम्बन्धित निकायसित पहल गर्ने कार्यक्रम बनाएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा बजेट विनियोजन गरेपछि संरचना बनाउन सुरु गरिएको थियो । चुरेमा अवैध संरचना बनाउन थालिएको भन्दै चौतर्फी विरोध भएपछि स्थानीय प्रशासन र डिभिजन वन कार्यालयले निर्माण कार्य रोकेको थियो ।

वन कार्यालयले निर्माण कार्य रोक्का गरेपछि स्थानीय तह निर्वाचनको मौका छोपेर नाथको अध्यक्षतामा समिति गठन गरी निर्माण कार्य गरिएको थियो । अहिले ती संरचना निर्माणलाई लिएर व्यापक विरोध भएको छ ।

संरचना निर्माणको विरोध भएपछि भीमदत्त नगरपालिका १० का अध्यक्ष महेश चन्द र ९ का अध्यक्ष गगन सिह कार्की सहित चुरे संरक्षण सञ्जाल र सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी संरचना निर्माण स्थलमा पुगेका छन् ।

उनीहरुमा चुरे संरक्षण सञ्जालका अध्यक्ष रविन्द्र कुँबर, सचिव करन भट्ट, सहिद स्मृति सामुदायिक वनका अध्यक्ष करन बहादुर विष्ट, बैजनाथ मटेना सामुदायिक वनका अध्यक्ष प्रजापति नाथ, सामुदायिक वन उपभोक्ता महासंघका धर्मानन्द पन्त लगायत अवलोकनमा सहभागी भएका छन् ।

अवलोकनमा क्रममा दुई सय मिटर पक्की पर्खाल निर्माण गरेको पाइएको छ । उनीहरुका अनुसार बर्खामा रुख काटिएका रुख हिउँदमा जलाएर खाली भएको ठाउँमा संरचना निर्माण गरिएका छन् ।

त्यहाँ दुई सय मिटर पिल्लरको पर्खाल बनाइएको छ, बर्षातमा रुख झाडी हटाउने, त्यसपछि त्यो सुकेपछि गर्मीमा आगो लगाएर खाली ठाउँ बनाएको रहेछ’ अवलोकनमा सहभागी उनीहरुले भने, ‘त्यो खाली ठाउँमा नै अहिले पर्खाल लगायतका संरचना बनाइएका छन् ।’
स्थानीयका अनुसार ताराकोट क्षेत्रमा तीन वर्ष अघिदेखि संरचना बनाउने कार्य अघि बढेको थियो । स्थानीयले विरोध गरेपछि गत वर्ष सुरुमा स्थानीय प्रशासन र वन कार्यालयले निर्माण रोक्का गर्न लगाएका थिए ।

अहिले संरचना निर्माण गर्न थालिएको क्षेत्रमा केही वर्ष अघि वन कार्यालय कार्यालय र चुरे संरक्षण सञ्जालले गोठ हटाएर खाली गरेको थियो । त्यसपछि वन कार्यालयका तत्कालिन सहायक वन अधिकृत जीवन यादवले सागवान, अम्रिसो लगायतका विरुद्ध लगाएका थिए । अहिले डोजर लगाएर ती सबै विरुवा उखेलेर फालिएका छन् ।

अवलोकनपछि ताराकोट क्षेत्रमा उनीहरुले छलफल गरी अवैध संरचना हटाउन सम्बन्धित निकायलाई दबाव दिने कार्यक्रम बनाएका छन् ।

छलफलबाट स्थानीय प्रशासन र डिभिजन वन कार्यालयसित पहल गर्ने र स्थानीय सरकार सहित सरोकारवाल निकाय सहित सहित सबैसित छलफल गरी दबाव सिर्जना गर्ने कार्यक्रम तय गरिएको अवलोकनमा सहभागी सामुदायिक वन उपभोक्ता महासंघमा धर्मानन्द पन्तले बताए ।

ghar sansar
सम्बन्धित
Loading...