
महेृन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बहुमत गुमाएका छन् । मुख्यमन्त्रीको पक्षमा बहुत नपुगेपछि उनी स्वतः पदमुक्त भएका हुन् । प्रदेश सभामा उपस्थित बहुमत सांसदहरुले मुख्यमन्त्रीको प्रस्ताव अस्वीकृत गरेपछि मुख्यमन्त्रीले पद गुमाएका छन ।
विश्वासको मत लिने समय सीमा सकिँदा समेत नागरिक उन्मुक्ति पार्टीको उपस्थिति भएको थिएन । नागरिक उन्मुक्तिको उपस्थितीबिना नै मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको सुदूरपश्चिम प्रदेश सभाको बैठक शुरु भएको थियो ।
प्रदेश सभामा नागरिक उन्मुक्ति उपस्थित नभएपछि मुख्यमन्त्री राजेन्द्र रावलले बहुमत गुमाएका छन् । नागरिक उन्मुक्तिको समेत समर्थनमा एक महिनाअघि मुख्यमन्त्री भएका रावलले बहुमत गुमाएपछि आजै मुख्यमन्त्री पद गुमाएका छन् ।
